एथ्लेटिको बिल्बाओसँग कोपा डेल रेको क्वार्टरफाइनलमा निराश भएपछि रियाल मड्रिडको स्पेनिस घरेलु प्रतियोगितामा दोहोरो उपाधि जित्ने लक्ष्यमा पूर्णविराम लागेको छ। ८९औं मिनेटमा एलेक्स ब्रेन्ग्वेयरले गरेको गोल एथ्लेटिकोको सेमिफाइनल यात्राका लागि पर्याप्त भयो।
बार्सिलोना, एट्लेटिको मड्रिड र सेभिया अन्तिम १६ बाटै बाहिरिएपछि रियाललाई उपाधि दाबेदार मानिएको थियो। स्पेनिस ला लिगामा भने रियाल शीर्ष स्थानमा छ। रियालले दोस्रो स्थानको सेभियामाथि ४ अंकको अग्रता लिइसकेको छ। तर कार्लोे एन्सेलोट्टीको टोली कोपा डेल रेको सेमिफाइनल प्रवेश गर्न भने असफल रह्यो। एथ्लेटिकोसँगै भ्यालेन्सिया, रियाल बेटिस र रायो भालेकानोले सेमिफाइनलमा स्थान बनाए।
दुई साताअघि मात्र रियालले एथ्लेटिकोलाई हराउँदै स्पेनिस सुपर कोपाको उपाधि जितेको थियो। यसअघि एथ्लेटिको लगातार २ पटक कोपा डेल रेको फाइनल प्रवेश गरे पनि दुवै पटक उपविजेतामा सीमित भएको छ। पहिलो फाइनलमा रियाल सोसिडाडसँग पराजित भएको एथ्लेटिको दोस्रो पटक बार्सिलोनासँग पराजित भएको थियो।
रियालका स्ट्राइकर करिम बेन्जेमाले भने चोटका कारण बिहीबार एथ्लेटिकोविरुद्धको खेल गुमाए। ‘हामी सबै प्रतियोगिता जित्न चाहन्थ्यौं, त्यसैले हामी आज निराश छाैँ,’ एन्सेलोट्टीले भने, ‘हामी बाहिरिएका छाैँ। हामीसँग अझै दुईवटा प्रतियोगिता बाँकी छ। आशा छ, टोलीमा आजको हारको प्रभाव पर्ने छैन। हामी अझ बलियो रूपमा मैदान फर्कनेछौं।’ त्यस्तै रियाल बेटिसले रियाल सोसिडाडलाई ४–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो।
रियाल बेटिसले प्रशिक्षक म्यानुअल पेलेग्रिनीको प्रशिक्षणमा उत्कृष्ट लय कायम राख्दै आएको छ। रियाल बेटिस ला लिगाको तेस्रो स्थानमा छ। बेटिस शीर्ष ४ मा बस्दै च्याम्पियन्स लिगमा छनोट हुने लक्ष्यमा छ। रियाल बेटिस सन् २००५ पछि कोपा डेल रेको फाइनलमा प्रवेश गर्न सकेको छैन। सन् २०१९ मा बेटिस भित्रिएका जोआमीले पूर्वक्लबविरुद्ध २ गोल गरेका थिए।