दक्षिण अमेरिकी छनोटमा बुधबार भेनेजुएलालाई ४–१ ले पराजित गर्दै उरुग्वेले कतार विश्वकप २०२२ को छनोट सम्भावना जीवित राखेको छ।
रोड्रिगो बेनाटचर, जियोर्जियान डे आरसकाइटा, इडिसन काभानी र लुइस स्वारेजको गोलमा उरुग्वेले नयाँ प्रशिक्षक डिएगो ओलन्सोको प्रशिक्षणमा लगातार दोस्रो जित पक्का गरेको हो। दक्षिण अमेरिकी छनोटको शीर्ष स्थानमा बस्दै ब्राजिल र दोस्रो स्थानको अर्जेन्टिना यसअघि नै विश्वकपका लागि छनोट भइसकेका छन्। शीर्ष स्थानको ब्राजिलको १५ खेलमा ३९ अंक छ भने दोस्रो स्थानको अर्जेन्टिनाको समान खेलमा ३५ अंक छ। तेस्रो स्थानको इक्वेडरको २४ र चौथो स्थानको उरुग्वेको २२ अंक छ। पाँचौं स्थानको पेरूको २१ र छैटाैँ स्थानको चिलीको १९ अंक छ। सातौ स्थानको कोलम्बियाको १७ अंक छ।
दक्षिण अमेरिकी छनोटबाट शीर्ष चारमा रहने टोली स्वतः विश्वकपका लागि छनोट हुनेछन्। २ टोली छनोट भइसकेका छन् भने बाँकी २ टोलीको टुङ्गो लाग्न बाँकी छ। जसका लागि इक्वेडर, उरुग्वे, पेरू र चिलीबीच प्रतिस्पर्धा छ। उरुग्वेले छनोट चरणमा मात्र २ खेल खेल्न बाँकी छ। उरुग्वेले पेरूविरुद्ध घरेलु मैदानमा खेल्ने छ भने अन्तिम खेलका लागि चिलीको भ्रमण गर्नेछ।
त्यस्तै बुधबार सम्पन्न अर्को खेलमा पेरूसँग १–१ को बराबरी खेल्दै इक्वेडरले पनि छनोट सम्भावना कायम राखेको थियो। पछिल्लो खेलमा इक्वेडर शीर्ष स्थानको ब्राजिलसँग १–१ को बराबरीमा रोकिएको थियो। पेरूलाई हराएको खण्डमा इक्वेडरले विश्वकपको टिकट पक्का गर्ने थियो। त्यस्तै अर्जेन्टिनासँग १–० ले पराजित भएपछि कोलम्बियाको विश्वकप छनोट सम्भावना भने थप कठिन बनेको छ। अर्जेन्टिनाको जितमा लौटारो मार्टिनेजले गरेको गोल निर्णायक बन्यो।
छनोट चरणमा कोलम्बियाले लगातार ७ खेलमा गोल गर्न सकेन। त्यस्तै चिलीले पनि बोलिभियालाई ३–२ ले पराजित गर्दै छनोट सम्भावना कायम राखेको हो। ‘हाम्रो सम्भावना सकिएको छैन, हामीसँग अझै दुई महत्वपूर्ण खेल खेल्न बाँकी छ,’ चिलीका एलेक्सिस सान्चेजले भने, ‘आज बोलिभियाविरुद्धको जित निकै महत्वपूर्ण रह्यो।’ त्यस्तै शीर्ष स्थानको ब्राजिलले पाराग्वेमाथि ४–० को सहज जित हात पार्यो।