प्रथम जिल्लास्तरीय अन्तर विद्यालय मिल्स कप नकाउट फूटलब टुर्नामेन्टमा मोरङको रंगेलीस्थित सनरे बोर्डिङ स्कूल र विराटनगरको मोर्डन एरा स्कूल क्वाटरफाइनलमा प्रवेश गरेको छ।
फार्क क्लब रानी विराटनगर– १५ को आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा आइतबार भएको पहिलो खेलमा सनरेले विराटनगरको बिकेभिएम स्कूललाई ५–० गोलले पराजित गरी सनरे क्वाटरफाइनलमा पुगेको हो।
जितको लागि सनरेका आशाराम खवास र बिवेक बस्नेतले २÷२ गोल गरेका थिए भने अमन खवासले एक गोल गरेका थिए। खेलको म्यान अफ द म्याच सनरेका दुई गोल गर्ने बिवेक बस्नेत घोषित भए।
सोही दिन भएको दोस्रो खेलमा विराटनगरको मोर्डन ऐरा स्कूलले अपर्ण स्कूललाई २–० गोलले हराउँदै मोर्डन ऐरा क्वाटरफाइनलमा प्रवेश गरेको छ। जितको लागि मोर्डन ऐराका आयुष थापाले दुई गोल एक्लै गरेका थिए। दुई गोल गर्ने मोर्डन ऐराका आयुष खेलको म्यान अफ द म्याच घोषित भए।
सोमबारको पहिलो खेल विराटनगरको सिद्धार्थ र सुन्दरहरैचा नगरपालिकाको पूर्वाञ्चल एकेडेमीबीच हुनेछ। सोही दिन हुने दोस्रो खेल विराटनगरको सगरमाथा र डिपिएस स्कूल बिच हुनेछ।
पुस ४ गतेसम्म हुने प्रतियोगितामा मोरङका १६ वटा टिमको सहभागी छ। प्रतियोगितामा विराटनगरको गोदावारी, एजेलिया, मोर्डन ऐरा, अर्पण, सिद्धार्थ, डनबक्सको, बिकेभिएम, सगरमाथा, डिपीएस, गौतमबुद्ध, एभरेष्टको सहभागी छ। यस्तै रंगेलीबाट सनरे, सुन्दरहरैचाबाट पूर्वाञ्चल एकाडेमी, बुढीगंगाबाट जेभियर र यूनिक स्कूल, ग्रामथान गाउँपालिकाबाट जनक मेमोरियल स्कूलसमेत गरी यो प्रतियोगितामा जम्मा १६ टिमको सहभागी रहेको छ।
प्रतियोगिताको बिजेताले आकर्षक ट्रफी, मेडल र प्रमाणपत्रहरू प्राप्त गर्नेछन्। प्रतियोगिताको सह–आयोजकहरूमा रानी युवा क्लब, साइनो स्पोर्टिङ क्लब र मिल्स भेट्रान क्बल रहेको छ भने सहकार्य प्याब्सन विराटनगर रहनेछ। यस प्रतियोगिताको संरक्षक मिल्स गोल्ड कप फुटबल ट्रस्ट रहेको छ।