कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधि दिलाएका अर्जेन्टिनी स्टार खेलाडी लियोनल मेसीले कीर्तिमानी सातौंपल्ट बालन डी’ओरको उपाधि जितेको दिन महिलातर्फ भने स्पेनकी एलेक्सिया पुटेलासलाई उपाधि दिइएको छ।
फ्रान्स फुटबलले हरेक वर्ष प्रदान गर्दै आएको प्रतिष्ठित बालन डी’ओर अवार्ड अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीले कीर्तिमानी सातौं पटक जित्न सफल भएका हुन्।
पहिलो पटक २००९ मा बालन डी’अरको उपाधि उचालेका मेसीले त्यसपछि २०१०, २०११, २०१२, २०१५ र २०१९ मा जितेका थिए। ३४ वर्षीय मेसी रोबर्टो लेवान्डोवस्की र रियाल मड्रिडका करिम बेन्जिमालाई पछि पार्दै साताैँ पटक उपाधि उचाल्न सफल भएका हुन्।
बार्सिलोनाबाट नचाहँदानचाहँदै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) मा बिदाइ भएका मेसीले अर्जेन्टिनाका लागि १९९३ पछि पहिलो पटक अन्तर्राष्ट्रिय उपाधि दिलाएका थिए।
‘दुई वर्षअगाडिको अवार्डलाई अन्तिम रूपमा लिएको थिएँ। अहिले फेरि उपाधि उचाल्न पाउँदा निकै गौरवान्वित छु,’ २०१९ मा अन्तिम पटक बालोन डी’ओर उपाधि उचालेका लियोनल मेसीले भने,‘समर्थकले मेरो विश्रामको बारेमा सोधिरहेका थिए। तर अहिले पिएसजीमा छु र खुसी पनि छु। अझै कति वर्ष खेल्न सक्छु म आफैँ अनभिज्ञ छु। तर पछिल्लो समय जुन क्लबमा आएको छु रमाउँदै छु।’
‘अर्जेन्टिनालाई अन्तर्राष्ट्रिय उपाधि दिलाउने सफलता यसै वर्ष पूरा भएको छ। उपाधि दिलाउन सहयोग गर्ने मेरो टोलीका समकक्षीलाई धन्यवाद दिन चाहन्छु। किनभने मेरो सपना पूरा भएको छ,’मेसीले थपे, ‘मेरो यो उपाधि त्यही टोलीलाई समर्पण गर्न चाहन्छु जसले कोपा अमेरिका दिलाउन मिहिनेत गर्यो।’ अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि उचाल्ने क्रममा ब्राजिललाई १–० ले हराएको थियो।