चितवन-त्रिभुवन आर्मी र एपिएफ क्लबले मंगलबार राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।नारायणगढ क्याम्पाचौरमा भइरहेको प्रतियोगितामा आर्मीले पश्चिमाञ्चललाई २–० ले र एपिएफले सुदूरपश्चिमलाई १०–० को फराकिलो अन्तरले हराएका थिए।
आर्मी र पश्चिमाञ्चलले पहिलो हाफ गोलरहित खेलेका थिए। मध्यान्तरपछि आर्मीकी कविता धिमालले दोस्रो मिनेटमा गोल गर्दै अग्रता दिलाइन्। आर्मीबाट दोस्रो गोल अन्जली वाइबाले १७औैं मिनेटमा गरेकी थिइन्। आर्मीलाई कडा टक्कर दिए पनि पश्चिमाञ्चलले गोल गर्न सकेन।
सशस्त्र प्रहरीको एपिएफले सुदूरपश्चिमलाई निरीह पार्दा सजना रानाले ह्याटि्रक गरिन्। एपिएफले कुल १० गोल गर्योि। एपिएफले मध्यान्तरअघि ६ गोल र पछि ४ गोल गरेको थियो। सजनाबाहेक रेनुका नगरकोटी र सावित्रा भण्डारीले २–२ तथा अनिता बस्नेत र सपना राईले १–१ गोल गरेका थिए। सुदूरपश्चिमकी सीमा चौधरीले आत्मघाती गोल गरेकी थिइन्।
बुधबार नेपाल पुलिस र मध्यमाञ्चल तथा मध्यपश्चिम र पूर्वाञ्चलबीच प्रतिस्पर्धा हुने छन्।