मोरङ जिल्ला खेलकुद विकास समिति विस्तार भएको छ। समितिमा मनोनित सदस्यहरुले मंगलबार पद तथा गोपनीयताको सपथ लिएका छन्।
प्रादेशिक खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम)को प्रमुख आतिथ्यतामा जिल्ला खेलकुद विकास समिति मोरङका अध्यक्ष रोहित कोइरालाले सदस्यहरुलाई सपथ ग्रहण गराएका हुन्। अन्तर्राष्ट्रिय कराँते खेलाडी प्रभाकर राना मगर, क्रिकेट खेलाडी रोजी राई, सफ्ट टेनिस खेलाडी प्रतापसिंह कार्की, डोरी तान खेलाडी अन्जु सिग्देल र लक्ष्मण पोखरेलले सपथ ग्रहण गरे।
१२ सदस्य समितिमा माध्यमिक विद्यालयहरुबाट जनपथ माविका प्रधानाध्यापक हरिप्रसाद पराजुली पदेन सदस्य रहेका छन् भने यसअघि नै ब्याडमिन्टन खेलाडी सन्तोषकुमार राई बान्तवा र मार्सल आर्टकी केन्द्रीय उपाध्यक्ष सन्तोषी श्रेष्ठले जिल्ला समिति सदस्यका तर्फबाट प्रतिनिधित्व गर्दै प्रादेशिक बोर्ड सदस्य भई सपथ ग्रहण गरिसकेका छन्। समितिमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट एक एक जना अधिकृत सदस्य हुने छन्। यस्तै समितिमा सशस्त्र प्रहरी र नेपाली सेनाका एक एक जना अधिकृतहरु आमन्त्रित सदस्य रहने व्यवस्था छ।
यसका अतिरिक्त एक जना सदस्य सचिवका रुपमा प्रशासकीय अधिकृत रहने संरचना रहेको छ। प्रशासकीय अधिकृत भने प्रादेशिक खेलकुद विकास बोर्डले नियुक्त गर्ने छ। सपथ ग्रहण कार्यक्रममा सदस्यहरुलाई शुभकामना दिँदै सदस्य सचिव पर्शुराम बस्नेतले खेलकुद र खेलाडीको हितमा गम्भिरतापूर्वक लाग्न सुझाव दिए। प्रादेशिक खेलकुद विकास बोर्ड गठन भएसँगै आफूहरुले खेलकुदका क्षेत्रमा निकै काम गरिसकेको भन्दै १४ वटै जिल्लामा खेलकुद विकास समिति गठन भइसकेको, कर्मचारी खटाउने प्रक्रिया आरम्भ भएको छ।
बोर्डको आफ्नै कार्यालय सञ्चालन र राष्ट्रका लागि योगदान गर्ने खेलाडीहरुको हितका लागि मासिक सुरक्षा भत्ताको व्यवस्था गर्ने सम्मका कामलाई तीव्र रुपमा अघि बढाएको बस्नेतले बताए। उनले भने, ‘छोटो समयमा धेरै राम्रा काम गरेका छौं, आशा छ हाम्रो कामको अनुशरण सात वटै प्रदेशले गर्ने छन्।’
कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका प्रमुख सशील कँडेल, तालिम प्रशिक्षक प्रशिक्षण उपकेन्द्र निर्देशक प्रवीण राना, उपनिर्देशक विनोद राउतलगायतका खेल क्षेत्रका व्यक्तित्वको सभागिता रहेको थियो।