बेलबारीमा जारी चौथो बेलाबारी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा काठमाडौंको सशस्त्र प्रहरी बलको एपिएफ क्लब पुगेको छ। बुधबार एपिएफले उपाधि जितका लागि हिमालयन शेर्पासँग खेल्ने छ।
बेलबारीको लक्ष्मीमार्गमा मंगलबार भएको अन्तिम सेमिफाइनल खेलमा एपिएफले धनकुटा राजारानीको रारा फुटबल क्लबलाई २–० गोल फरकमा पराजित गर्दै उपाधि नजिक पुगेको हो। मध्यान्तर अघिसम्म दुवै टोली गोलरहित बराबरीमा खेलका थिए। खेलको अन्तिम समयमा एपिएफले २ गोल गर्दै विजयी भएको हो।
खेलको ७५ औं मिनेटमा एपिएफले पाएको पेनाल्टीलाई सदुपयोग गर्दै आशिष लामाले गोल गर्दै अग्रता दिलाए। डिबक्सभित्र धनकुटाका बिकु तामाङको हेन्ड भएपछि एपिएफले पेनाल्टी हान्ने मौका पाएको थियो। ८४ औं मिनेटमा एपिएफका नवीन लामाले बक्स अगाडि पाएको पासलाई सदुपयोग गर्दै गोल गरे।
खेलको म्यान अफ द म्याच एपिएफका सनिश श्रेष्ठले नगद ५ हजार ५ सय रुपैयाँ पुरस्कार पाए। यसअघि हिमालयन शेर्पाले गाईघाट फुटबल क्लब र झापाको रोलिङ फुटबल क्बललाई पराजित गर्दै फाइनलमा पुगेको थियो। त्यस्तै एपिएफले धनकुटाको रारा फुटबल क्लब र पश्चिम बंगालको आमुक्त परिवारलाई पराजित गरेको थियो।