काठमाडौं- राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव युवराज लामाले बुधबार खेलकुदमन्त्री पुरुषोत्तम पौडेलसँगको विवाद टुंगिएको बताएका छन्।
अघिल्लो दिन १७औं एसियाली खेलकुदमा सहभागिता जनाउन सहमतिका लागि आफू तयार रहेको बताएका मन्त्री पौडेलले बुधबार सदस्यसचिवको कार्यकारी अधिकारीको हैसियत स्वीकार्दै पत्राचार गरेका थिए। लामाले मन्त्रीको पत्रपछि समस्या समाधान भएको बताए।'मन्त्रीज्यूले बनाउनुभएको एसियाली खेलकुदको तयारी समिति समस्याको जड थियो। अब सदस्यसचिवलाई काम गर्नु भन्नुभएको छ। बोर्ड बैठकको पनि ग्यारेन्टी गर्नुभएको छ। ऐन कानुन र सिस्टममा गएपछि समस्या समाधान भएको छ,' मन्त्री पौडेलले परिषदलाई पहिलो कानुनी चिठी पठाएको भन्दै लामाले नागरिकसँग भने, 'मन्त्रीज्यूको निर्देशनले अब खेलकुद एउटा बाटोमा हुँइकिएको छ। यसलाई सकारात्मक लिएको छु। उहाँको निर्देशन अक्षरस पालना गर्नेछु।'
मन्त्री पौडेलले सदस्यसचिव लामासहित ६ सदस्यलाई पदमुक्त गरेपछि खेलकुदमा विवाद चर्केको थियो। मन्त्रीको निर्णयविरुद्ध लामालगायत सर्वोच्च अदालतबाट स्टे अर्डर लिएर काममा फर्केका थिए। त्यसयता मन्त्रालय र परिषदको दुरी बढ्ने क्रममा मन्त्री र सदस्यसचिवबीच औपचारिक कुराकानी नभएको महिनौं बितिसकेको थियो। एसियाली खेलकुदका लागि मन्त्रालय र परिषदका आ–आफ्नै तयारी समिति थिए। एमालेका मन्त्री पौडेलले एमाओवादी कोटामा तीन वर्षअघि सदस्यसचिव नियुक्त भएका लामालाई हटाउन नसकेपछि आफ्नै दलका लामा टेन्डी शेर्पालाई परिषद उपाध्यक्ष नियुक्त गर्दै उनीमार्फत काम गर्न खोजेका थिए। त्यही अनुरुप उनले शेर्पालाई तयारी समिति संयोजक बनाएका थिए। परिषद भने सदस्यसचिव लामा संयोजक रहेको समितिबाट काम गर्दै थियो।
समितिले दुरी थप बढायो। लामाले समितिविरुद्ध पनि मुद्दा दायर गरे। यो मुद्दामा सर्वोच्चले बिहीबार पेशी तोकेको छ। लामाले मन्त्रीविरुद्ध दायर गरेको त्यो पाँचौं मुद्दा थियो। तर बुधबार मन्त्रीको पत्र प्राप्त भएपछि लामाले मुद्दाको औचित्य पनि सकिएको बताए। 'उहाँले बनाएको समितिलाई आफै बेवास्था गर्दै सदस्यसचिवमार्फत काम गर्न खोज्नुभएको छ। त्यसैले अब मेरो विचारमा मुद्दाको औचित्य पनि बाँकी छैन होला,' लामाले भने।
बुधबार मन्त्रालयमा पौडेल र लामाबीच कुराकानी भयो। कुराकानीमा दुवै पक्षले नियमसंगत मिलेर अघि बढ्नुपर्ने भनाइ राखेको बताइएको छ। बुधबारै चेस ओलम्पियाडका लागि नर्वे जान लागेका मन्त्री पौडेलले फर्केपछि थप सल्लाह गर्ने लामाले बताए।
एकअर्काविरुद्ध आक्रामक प्रस्तुत भइरहेका मन्त्री र सदस्यसचिव बुधबारदेखि निकै नरम हुन थालेका छन्। अघिल्लो दिन मन्त्रीले एक कार्यक्रममा काम गर्दा कमजोरी भएको हुनसक्ने भन्दै विधि र प्रक्रियाअनुसार सच्याउँदै अघि बढ्नुपर्ने भनाइ राखेका थिए।
मन्त्रीले नर्वे उड्नुअघि सदस्यसचिवलाई पाँचबूँदे निर्देशन दिएका छन्। सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म दक्षिण कोरियाको इन्चोनमा हुने एसियाली खेलकुदका लागि छनोट खेलाडीको बन्द प्रशिक्षणको व्यवस्था सम्बन्धित संघमार्फत गराउने, परिषदको आन्तरिक स्रोतबाट सम्बन्धित संघलाई रकम उपलब्ध गराउने र त्यसलाई परिषद बोर्ड बैठकबाट पास गराउनेलगायत निर्देशन दिइएको छ।
समिति कायम : शेर्पा
सदस्यसचिव लामाले मन्त्री पौडेलको पत्र आएपछि शेर्पा नेतृत्वमा बनाइएको एसियाली खेलकुद तयारी समितिको औचित्य समाप्त भएको बताए पनि शेर्पाले भने समिति कायम रहेको दाबी गरेका छन्।
शेर्पाले समितिको तर्फबाट बुधबारै मन्त्रालयमा विवाद तत्काल थाँती राखेर अभ्यासमा जोड दिनुपर्ने प्रस्ताव गरेका थिए। उनले प्रस्तावमा तयारीलाई छुट्टाइएको २ करोड ४८ लाखमध्ये आधा तत्काल सम्बन्धित संघलाई निकासा दिन माग राखिएको बताए। 'हाम्रो प्रस्तावअनुसार नै मन्त्रीज्यूले परिषदलाई आन्तरिक स्रोतबाट संघहरूलाई बजेट दिन र संघमार्फत नै तयारी गर्न निर्देशन दिनुभएको हो,' शेर्पाले भने, 'संघहरूसँग बसेर उनीहरूको आर्थिक अवस्था र आवश्यकता हेरेर रकम निकासाको प्रस्ताव गरेको उनले बताए।
'समिति यही हो। सहमतिक्रम यसमा केही थपघट हुनसक्छ। सहमतिमा हामी बाधक बन्दैनौं,' शेर्पाले भने।
महासंघ काठमाडौं जिल्लाले गरेको कार्यक्रम र एमालेकौ मन्त्री थापाको भनाइबारे शेर्पाको प्रतिक्रिया थियो, 'महासंघ आधिकारिक संस्था हो। काठमाडौं भनेको ७५ जिल्लामध्येको एक हो र त्यो कार्यक्रम काठमाडौंको पनि एक व्यक्तिले गरेको हो। जहाँसम्म मन्त्री थापाको कुरा छ। उहाँ महासंघको इन्चार्जमात्र हो। इन्चार्जको काम संगठन र पार्टीबीचको समन्वय मिलाउने हो। उहाँहरूले बोलेका कुरा महासंघको आधिकारिक होइन।'
खेलकुदमन्त्री पौडेल अध्यक्ष रहेको महासंघमा शेर्पा महासचिव हुन्। महासंघका कार्यवाहक अध्यक्ष केशव विष्टले बुधबारै विज्ञप्ति जारी गर्दै शेर्पा समितिले तयारी गरिरहेको अवस्थामा परिषदका पदाधिकारीले एसियाली खेलकुदमा सहभागिता प्रभावित पार्ने गरी विवाद सिर्जना गरेको आरोप लगाएका छन्।
ओलम्पिकमा बैठक
नेपाल ओलम्पिक कमिटीको सातदोबाटोस्थित कार्यालयमा बुधबार एसियाली खेलकुदमा सहभागिता प्रस्ताव गरिएका खेल संघ, युवा तथा खेलकुद मन्त्रालयले बनाएको तयारी समिति र ओलम्पिक कमिटीबीच बैठक भएको छ।
समितिले सहभागिताका लागि प्रस्ताव गरेका २४ खेलमध्ये बास्केटबल, सेपाकटाक्रो, क्रिकेट र फुटबलबाहेकका संघसँग बुधबार छलफल गरिएको तयारी समितिका संयोजक शेर्पाले बताए। उनका अनुसार बुधबार नबोलाइएका चार टिम खेलका संघसँग छुट्टै छलफल हुनेछ। 'सबै संघसँग छलफल भयो। सबै खेलको तयारी राम्ररी चलिरहेको छ। संघहरूले बन्द प्रशिक्षणलाई ढिलो भएको र बजेट आवश्यक रहेको कुरा उठाउनुभयो,' शेर्पाले भने, 'त्यसमा पहल भइरहेको छ।
परिषदलाई सर्वोच्चको ताकेता
सर्वोच्च अदालतले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसँग आधिकारिक रूपमा काम नगर्न राष्ट्रिय खेलकुद परिषदलाई पत्र पठाएको स्रोतले जनाएको छ। 'सर्वोच्चले यसअघिको आफ्नो निर्णय कार्यान्वयन गराउन परिषदलाई पत्र पठाएको छ। त्यो भनेको रुक्मशम्सेर राणा अध्यक्ष रहेको ओलम्पिक कमिटीमार्फत काम गर्नू भन्ने हो,' परिषदका एक पदाधिकारीले भने।
सदस्यसचिव युवराज लामा भने यस विषयमा खुल्न चाहेनन्। 'सर्वोच्चले ताकेता गरेको हो। भोली हामी कुरा गरौंला। पत्रले भन्न खोजेको कुरा वकिललाई सोधेरमात्र जानकारी गराउँला,' लामाले बुधबार बेलुकी नागरिकसँग भने।
सर्वोच्च अदालतले २०६७ मा ध्रुवबहादुर प्रधान अध्यक्ष तथा जीवनराम श्रेष्ठ महासचिव रहेको नेपाल ओलम्पिक कमिटी अवैधानिक भएको भन्दै राणा अध्यक्ष तथा प्रधान महासचिव रहेको पुरानो कमिटी ब्युँताएको थियो।