पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) का अध्यक्ष रमिज राजाले आगामी महिना तय इङ्लिस महिला र पुरुष क्रिकेट टोलीको भ्रमण इङ्ल्यान्डद्वारा रद्द गरिएपछि आफू प्रयोग भएको र होच्याइएको जस्तो महसुस हुन थालेको बताएका छन्।
पाकिस्तानमा असुरक्षाका कारण देखाउँदै न्युजिल्यान्डले त्यहाँको भ्रमण रोकेको केही दिनमा नै इङ्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड (इसिबी) ले भने पुरुष र महिला टोलीको भ्रमण रद्द गरेपछि पिसिबीका अध्यक्ष राजाको त्यस किसिमका भनाइ बाहिर आएका हुन्।
पाकिस्तानस्थित ब्रिटिसका उच्चपदस्थ कमिस्नर क्रिस्टियन टर्नरले पनि खेलाडीको हितका लागि इसिबीले उक्त निर्णय लिएको पुष्टि गरेका छन्। इङ्ल्यान्डको पुरुष टोलीले सन् २००५ पछि पहिलो भ्रमण गर्दा रावलपिन्डीमा आगामी अक्टोबर १३ र १४ मा दुई खेलका ट्वान्टी–२० क्रिकेट शृंखला खेल्ने कार्यक्रम थिए। सोही दिन नै महिलाको पनि दुई खेलका क्रिकेट शृंखला हुने कार्यक्रम तय थियो।
इङ्लिस महिला टोलीले सोही मैदानमा नै तीन खेलका एकदिवसीय शृंखला खेल्ने कार्यक्रम थिए। इङ्लिस महिला टोलीले भने पहिलो पटक पाकिस्तान भ्रमण गर्दै थियो। तर, इसिबीले त्यो भ्रमण रद्द गरेसँगै पाकिस्तान निकै आक्रोशित बनेको छ।
कतिपय पाकिस्तानी समर्थकले विश्वकपमा न्युजिल्यान्डसँग खेल नखेल्न पनि आग्रह गरिरहेका छन्। तर, पिसिबीले त्यसो नगर्ने प्रस्ट्याएको छ। इङ्ल्यान्डमा विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण भएको अवस्थामा पनि गत वर्ष पाकिस्तानले इङ्लिस टोलीको आतिथ्यता स्वीकार गरेको थियो। जहाँ पाकिस्तानले
इङ्ल्यान्डमा तीन टेस्ट र ट्वान्टी–२० क्रिकेट शृंखला खेल्दा इसिबीले लाखौं डलरको बराबरको टिभी राइटको रकम बचायो।
‘हामी प्रयोग भएपछि फ्याकिएको जस्तो महसुस भएको छ। अहिले मैले सोही किसिमका भाव पाइरहेको छु,’ राजाले भने, ‘न्युजिल्यान्डले हात झिकेपछि हामी थोरै भए पनि आशा र भरोसा पाइरहेका थियौं। तर, इसिबीले पनि त्यो तोडिदियो र त्यस कारण हामी निकै निराश छौं।’ उनले अन्तर्राष्ट्रिय टोलीलाई देशमा फर्काउने लक्ष्यबाट बाध्यतकारी रूपमा बाहिरिनु परेकोप्रति दुखेसो गरे। विश्व क्रिकेट जगतका एक जिम्मेवार सदस्यका नाताले एसिबीले पनि साथ नदिएको राजाको भनाइ छ।
‘हाम्रो लक्ष्यमा विश्व क्रिकेट जगतका महŒवपूर्ण सदस्य इसिबीले सहयोग गरेन। उल्टै न्युजिल्यान्डले भ्रमण रद्द गरेपछि खेलाडी डराएको भन्दै इसिबीलाई उल्टै त्यस किसिमको जबाफ पठाएको छ। यसको अर्थ इसिबी के भन्नु खोजिरहेको छ ?,’ पिसिबीका अध्यक्ष राजाले भनेका छन्।
न्युजिल्यान्डले भने के कारणले भ्रमण रद्द गरेको भन्ने जबाफ पिसिबीलाई दिएको छैन। सन् २००९ मा श्रीलंकाको टोली सबार बसमाथि लाहोरमा आतंककारी हमला भएपछि अन्तर्राष्ट्रिय टोलीले लामो समयसम्म पाकिस्तान भ्रमण गरेका थिएनन्। त्यसपछि पाकिस्तानले सन् २०१२ र ०१५ देखि आफ्ना घरेलु खेलअन्तर्गतका प्रतिस्पर्धा संयुक्त अरब इमिरेट्स (युएई ) मा खेल्दै आएको थियो।
तर, पछिल्ला वर्ष पाकिस्तानमा सुरक्षा व्यवस्था कडा हुन थालेपछि अन्तर्राष्ट्रिय क्रिकेट टोलीले त्यहाँको भ्रमण गर्न सुरु गरेका थिए। पछिल्ला ६ वर्ष क्रमशः जिम्बाब्वे, श्रीलंका, वेस्ट इन्डिज, दक्षिण अफ्रिका र बंगलादेशले भ्रमण गरिसकेका छन्। तर, न्युजिल्यान्ड र इङ्ल्यान्डले भने अन्तिम समय पाकिस्तानको भ्रमण रद्द गरे।
‘इङ्ल्यान्डले अक्टोबरको पाकिस्तान भ्रमण रद्द गरेकाले समग्र समर्थकप्रति माफी माग्न चाहन्छु। यो सरकारद्वारा खेलाडीको हितका लागि लिइएको निर्णय हो,’ टर्नरले ट्विट गरेका छन्। युएईमा हुने ट्वान्टी–२० विश्वकपअगाडि इङ्ल्यान्डले पाकिस्तान भ्रमण गर्ने भएपछि इन्डियन प्रिमियर लिग (आइपिएल) खेलिरहेका खेलाडी पनि छिट्टै स्वदेश फर्कनुपर्ने अवस्था थियो।
तर, अब स्टार इङ्लिस क्रिकेटर युएईमा जारी आइपिएल खेल्न पाउने भएका छन्। यसैबीच पिसिबीका अध्यक्ष राजाले इङ्ल्यान्डद्वारा आफूहरूलाई अपमानित हुने काम भएको आरोप पनि लगाएको छन्।
इङ्ल्यान्ड महिला क्रिकेट टोलीकी कप्तान हेथर नाइटले पाकिस्तान भ्रमण रद्द हुने परिणाममा खेलाडीको हात नरहेको प्रस्ट्याएकी छन्। न्युजिल्यान्डले असुरक्षाको कारण देखाउँदै भ्रमण रद्द गरेपछि पाकिस्तानका सञ्चारमन्त्री फवाद चौधरी र परराष्ट्रमन्त्री शेख रसिद अहमदले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै सुरक्षाको कुनै चुनौती नरहेको प्रस्ट्याएका थिए।