इटालीविरुद्ध पहिलो खेलमा कप्तान स्टेफन जेरार्ड त्यति जम्न सकेनन्। प्रभावशाली ३३ वर्षे मिडफिल्डरले सम्भवतः अन्तिम विश्वकप यादगार बनाउन उनले व्यक्तिगत कुनै कसर छोड्ने छैनन्। उरुग्वेविरुद्ध बिहीबार हुने खेलमा बराबरी वा हारले पहिलो चरणबाटै बाहिरनुपर्ने विषयमा उनी जानकार छन्। त्यसकारण पनि उनले त्यो खेल आफ्नो प्रतिष्ठाका लागि पनि खेल्नैपर्ने अवस्था छ। लिभरपुलका प्रशिक्षक ब्रेन्डन रोजर्र्स जेरार्डका प्रशंसक हुन्। जेरार्डबारे उनले भनेका छन्, 'उत्कृष्ट डेड बल विशेषज्ञ साथै शारीरिक रूपमा उत्कृष्ट खेलाडी हुन्। उनले मैदानमा जुन भूमिका निर्वाह गर्छन् त्यसले टोलीका अन्य खेलाडीलाई बलियो साथ दिन्छ। हरेक खाली ठाउँमा बल निकाल्न उनी माहिर छन्।' सन् २००९ मा फ्रान्सका महान खेलाडी जिनेदिन जिदानले जेरार्डलाई विश्वकै उत्कृष्ट फुटबलरको संज्ञा दिएका थिए। जेरार्ड टोलीको आवश्यकताअनुसार रक्षापंक्ति, मिडफिल्ड र फरवार्डमा पनि खेल्न सक्छन्।
अर्को समाचार
प्लेयर्स टु वाच : स्टेफन जेरार्ड (इङ्ल्यान्ड)
अर्को समाचार
प्लेयर्स टु वाच, स्टेफन जेरार्ड (इङ्ल्यान्ड)
कप्तानको नाताले स्टेफन जेरार्डले स्वभाविक रूपमा हरेक खेलको सुरुआत गर्ने सम्भावना रहन्छ। प्रभावशाली ३३ वर्षे मिडफिल्डरले सम्भवतः अन्तिम विश्वकपलाई यादगार बनाउन उनले व्यक्तिगत कुनै कसर छोड्ने छैनन्।‘उनी विश्वकप उत्कृष्ट डेड बल विशेषज्ञका साथै शारीरिक रूपमा उत्कृष्ट खेलाडी हुन्। उनले मैदानमा जुन भूमिका निर्वाह गर्छन् त्यसले टोलीका अन्य खेलाडीलाई बलियो साथ दिन्छ। हरेक खाली ठाउँमा बल निकाल्न उनी माहिर छन्,' लिभरपुलका प्रशिक्षक ब्रेन्डन रोजर्सले भने। सन् २००९ मा फ्रान्सका महान खेलाडी जिनेदिन जिदानले जेरार्डलाई विश्वकै उत्कृष्ट फुटबलरको संज्ञा दिएका थिए।
जेरार्ड टोलीको आवश्यकताअनुसार रक्षापंक्ति, मिडफिल्ड र फरवार्डमा पनि जम्न सक्छन्। विश्वकपमा इङ्ल्यान्डले पहिलो खेल इटालीविरुद्ध खेल्नेछ। इटालीका आन्द्रे पिर्लो र जेरार्डको भूमिका आ–आफ्नो टोलीका लागि समान खालको हुनसक्छ।
तीन अभ्यास खेल र विश्वकप समूह चरणका तीन खेलमा जेरार्डले इङ्ल्यान्डका लागि सर्वाधिक खेल खेल्ने पूर्वकप्तान डेविड बेकह्यामको कीर्तिमानसँग बराबरी गर्नेछन्। इङ्ल्यान्डका लागि १ सय खेल खेल्ने उनी छैटौं खेलाडी हुन्। १ सय ९ खेल खेल्ने क्रममा उनले २१ गोल गरिसकेका छन्।

यो पनि पढौँ
ट्रेन्डिङ