२०७७ चैतमा विराटनगरमा सम्पन्न भएको विद्यालय स्तरीय टेबल टेनिस प्रतियोगिताका विजेता खेलाडीले पुरस्कार पाएका छैनन्।
मोरङ जिल्ला नेपाली कांग्रेस खेलकुद शाखाले आयोजना गरेको प्रथम गिरिजाप्रसाद कोइराला स्मृति जिल्ला स्तरीय विद्यालय टेबल टेनिस प्रतियोगिताका विजेता खेलाडीहरुले पुरस्कार नपाएको गुनासो गरेका छन्। प्रतियोगिता सम्पन्न भएको पाँचौं महिनासम्म पनि पुरस्कार दिइने कुनै कुरा नआएपछि खेलाडीहरुले गुनासो गरेका हुन्।
कक्षा ७ देखि १० कक्षासम्मको समूहको मेन्स सिंगलमा प्रथम भएका आदर्श माविका आशिष चौहानले भने, ‘प्रतियोगिता सम्पन्न भएको पाँचौं महिना भइसक्दा पनि हामीले जितेको पुरस्कार आयोजकले दिएका छैनन्।’ प्रतियोगिताका सम्पूर्ण इभेन्टका विजेता खेलाडीहरु कसैले पनि पुरस्कार प्राप्त गरेका छैनन्,' चौहानले भने, ‘प्रतियोगितामा भाग लिनका लागि हामीसँग दर्ता शुल्क नभएपछि स्कुलले दर्ता शुल्क दिएर भाग लिएका हौं। आयोजकले प्रत्येक खेलाडीसँग दर्ता शुल्क २ सय रुपैयाँ लिएका हुन्।’
प्रदेशसभा सदस्य तथा प्रतियोगिताका संयोजक सुयर्माराज राईले प्रतियोगिता सम्पन्न भएसँगै कोरोनाको महामारी फैलिएको र सरकार लकडाउन गरेपछि पुरस्कार वितरणको कार्यक्रम स्थागित गर्नु परेको हो। ‘खेलाडीले पुरस्कार पाउनु पर्छ र पाउँछन्,’ उनले भने, ‘यो प्रतियोगिताको पुरस्कारसँगै पुराना विभिन्नसँग आवद्ध खेलाडीलाई पनि सम्मान गर्ने कार्यक्रम बनाएका थियौं। तर, कोरोनाको संक्रमण फैलिएपछि सरकारले गरेको लकडाउनले गर्दा ढिलो भएको हो। पुरस्कार भदौ महिनाभित्र वितरण गर्छौं।’
२०३० साल अघिका विभिन्न खेलका राष्ट्रिय खेलाडीलाई सम्मान गर्ने र सोही अवसरमा यस प्रतियोगिताका विजेता खेलाडीलाई पनि पुरस्कार प्रदान गर्ने कार्यक्रम तय भएको थियो।
प्रतियोगितामा कक्षा १ देखि १२ सम्मका जिल्लाका २६ वटा निजी तथा सामुदायिक विद्यालयका करिब ३ सय छात्र/छात्राहरुको सहभागिता रहेको थियो।