इलाम– प्रथम लुम्बिनी राष्ट्रिय महिला फुटबलको सोमबारका खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन्। आर्मीले मध्यमाञ्चल टिमलाई ३–० ले पराजित गर्यो।
आर्मीलाई पहिलो हाफको १५ औं मिनेटमा कृष्णा खत्रीले गोल गर्दै अग्रता दिलाएकी थिइन्। खेलको ५२ औं मिनेटमा कविता धिमालले गोल थपिन् भने ८१ औं मिनेटमा कृष्णा खत्रीले दोस्रो गोल गरिन्।
दोस्रो खेलमा पुलिस क्लबले निरु थापाको ह्याट्रिकको मद्दतले पश्चिमाञ्चललाई ० का विरुद्ध ६ गोलले पराजित गर्यो। थापाले ४७ औं, ७३ औं र ८७ औं मिनेटमा गोल गरेकी थिइन्। त्यसअघि यसोदा लामा र चन्दा भण्डारीले गोल गरेका थिए।
प्रतियोगितामा मंगलबार पूर्वाञ्चल र पश्चिमाञ्चल तथा सुदूरपश्चिामाञ्चल र एपिएफबीच खेल हुनेछ।