नेपालका आरभसम्राट हाडा र अकिजुवेन रावतको जोडी वल्र्ड टेनिस टुर–जे ५ को फाइनलमा प्रवेश गरेको छ।
सातदोबाटोस्थित टेनिस कोर्टमा बिहीबार पुरुष डबल्सतर्फको सेमिफाइनलमा हाडा र रावतको जोडीले भारतका रोनिन लोट्लिकर र मोनिल लोट्लिकरको जोडीलाई ६–४,६–१ को सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा पक्का गरेको हो। फाइनलमा हाडा र रावतको जोडीले भारतका आर्यन लक्ष्मणन र आर्यन शाहीको जोडीको सामना गर्नेछ। लक्ष्मणन र शाहीको जोडीले भारतकैे अमन धनिया र योभान नन्दनको जोडीलाई ६–२,६–१ को सोझो सेटमा पराजित गर्दै फाइनल स्थान पक्का गरेको हो।
यता महिला डबल्सतर्फ नेपालकी अभिलाषा विष्ट र जर्मनीकी सोन्जा जियानेवायवाको जोडी फिनल्यान्डकी आनेश फर्नान्डेज लाक्सोनेन र भारतकी रिया उभेजाको जोडीमाथि सोझो सेटमा ६–४, ६–० को जित हात पार्दै उपाधिनजिक पुगेको छ। यता दोस्रो सेमिफाइनलमा भने नेपालकी प्रेरणा कोइराला र सलोनी तामाङको जोडी निराश भएको छ। कोइराला र तामाङको जोडी बेल्जियमकी क्याट चोपेज र मार्टी ल्याम्बरजेटको जोडीसँग ६–४, ६–१ ले निराश भएको हो। उपाधिका लागि विष्ट र जियानेवायवाको जोडीले चोपेजको जोडीको सामना गर्नेछ। यता पुरुष एकलमा भारतका अमन धनिया, अग्रिया यादव र तौरस रावत तथा फ्रान्सका भ्यालेन्टिन फाउरेले अन्तिम ४ मा स्थान पक्का गरेका छन्। धनियाले भारतकै आर्यन शाहीलाई ६–२, ६–० ले हराउँदा यादवले भारतकै अनार्घा गांगुलीलाई ६–४, ६–३ ले निराश पारे। त्यस्तै फाउरेले भारतका रोनिन लोट्लिकरलाई ६–२,७–५ ले पराजित गर्दा रावतले स्पेनका थोमस परेजलाई ६–०,६–२ ले हराए।
यता महिलातर्फ बेल्जियमकी मार्टी ल्याम्बरचेट र रोमने लङ्भेल्ली तथा अमेरिकाकी सायना देशपाण्डे र रतुजा चापाल्रले सेमिफाइनलमा स्थान पक्का गरेका छन्। मार्टीले अन्तिम ४ मा स्थान पक्का गर्ने क्रममा फिनल्यान्डकी आनेश फर्नान्डेज लाक्सोनेनमाथि ४–६, ६–१, ७–६ को जित हात पार्दा रतुजाले बेल्जियमकी क्याट चोपेजलाई २–६,६–४,६–२ को सेटमा हराइन्। त्यस्तै रोमानेले जर्मनीकी सोन्जा जियानेवायवालाई ७–५,६–१ को सोझो सेटमा पराजित गरिन्। यता देशपाण्डेले भारतकी मेकहला मनन रिटायर्ड हर्ट भएपछि अन्तिम ४ मा स्थान पक्का गरेकी हुन्। प्रतियोगितामा समान ३२–३२ पुरुष/महिला खेलाडी सहभागी छन्।