सुवास खकुरेलको कप्तानीमा रहेको नारायणीले शनिबारदेखि सुरु गौतम बुद्ध कप ट्वान्टी–२० क्रिकेटमा सुपर ओभरमार्फत रोमाञ्चक जित निकालेको छ।
निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालामा तीन टोली सम्मिलित प्रतियोगिताको पहिलो खेलमा सुवासको नारायणीले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल नेतृत्वको बागमतीलाई सुपर ओभरमार्फत स्तब्ध बनाएको हो। करण केसीको आक्रामक ब्याटिङप्रेरित नारायणीले सुपरमा ओभरमा बागमतीलाई २६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो। बागमतीका सोमपाल कामीको पहिलो तीन बलमा करणले लगातार छक्का हिर्काउँदै सुपर ओभरलाई विशाल लक्ष्यतर्पm डोर्याएका थिए। त्यसपछिका दुई बलमा सोमपालले कुनै रन नदिए पनि अन्तिम बलमा वाइड गरे।
सोमपालको अन्तिम बलमा करणले छक्का प्रहार गरेपछि बागमती विशाल लक्ष्य पछ्याउन बाध्य भयो। बागमतीका कप्तान ज्ञानेन्द्रले पनि करणकै पहिलो बलमा छक्का हिर्काउँदै सोहीअनुसारको जबाफ दिने संकेत गरे। ज्ञानेन्द्रले करणको बलिङमा तीन छक्का प्रहार गरे पनि जितका लागि त्यो पर्याप्त भएन र नारायणीले विजयी सुरुआत गर्यो। त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बागमतीले निकै खराब सुरुआतका बावजुद १ सय १८ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको थियो।
तर, बागमतीका बलरले कसिलो बलिङ गर्दै नारायणीलाई निर्धारित २० ओभरमा १ सय १७ रनमै रोके। बागमतीका सोमपालले चार ओभरमा एक मेडनसहित २७ रन खर्चिएर दुई विकेट लिए। सागर ढकाल, पवन सर्राफ, विक्रम शोब, ललितनारायण राजवंशी र रासिद खानले समान एक विकेट निकाल्दै नारायणीलाई सहजै लक्ष्य पूरा गर्न दिएनन्। नारायणीले ओपनरद्वय रित गौतमलाई ५ र कप्तान सुवासलाई ११ रनमा गुमाउन पुग्यो। त्यसपछि ब्याटिङमा आएका ईशान पाण्डे पनि १३ रनमै आउट भए। तर, आरिफ शेखले ३५ बलमा ४४ रनको योगदान दिँदै नारायणीको इनिङ समाले।
चार छक्का र एक चौका प्रहार गरेका आरिफ १९औं ओभरमा सोमपालको बलमा आउट भएका थिए। सिद्धान्त लोहनीले १५ बलमा २० रन बनाउँदै खेललाई सुपरओभरतर्फ डोर्याए। रासिद खानको अन्तिम ओभरमा १० रन आवश्यक पर्दा उनले पाँचौं बलमा चौका हिर्काउँदै जितको आशा जोगाएका थिए। अन्तिम बलमा तीन रन आवश्यक हुँदा सिद्धान्तले २ रन मात्र बनाउँदा खेल सुपर ओभरमा पुगेको थियो। त्यसअघि बागमतीले निकै खराब सुरुआतका बावजुद ८ विकेट गुमाएर १ सय १७ रन बनाएको थियो। उसका लागि विक्रम शोबले सर्वाधिक ३७ रन बनाएका थिए।
बागमतीका ओपनर तथा कप्तान ज्ञानेन्द्र ५ रनमा दोस्रो ओभरमै आउट भए। एक छेउबाट बागमतीको विकेट लगातार पतन हुँदा अर्का ओपनर सुनील धमलाले धैर्यतापूर्वक ब्याटिङ गरेका थिए। सुनीलले तीन छक्का र दुई चौकाको मद्दतमा ३७ रन बनाउँदै बागमतीको इनिङ उकासे। आठौं विकेटका लागि विक्रम सोब र रासिद खानले ५९ रनको साझेदारी गर्दै बागमतीलाई मध्यम योगफलतर्फ डोर्याए। रासिदले २७ रन र विक्रमले ३७ रन बनाएका थिए। नारायणीको बलिङमा शाहब आलमले चार ओभरमा एक मेडन राख्दै २३ रन खर्चिएर तीन विकेट लिए। दीपेश श्रेष्ठले दुई तथा करण, सुसन भारी र किशोर महतोले समान १/१ विकेट लिए। तीन टोली सम्मिलित प्रतियोगितामा आइतबार बागमती र राप्तीबीच प्रतिस्पर्धा हुँदै छ। मंसिर ३० सम्म हुने प्रतियोगितामा बागमती, नारायणी र राप्तीले एकअर्कासँग खेल्नेछन्। अंकतालिकाको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्।