नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। आफू कोरोनाबाट सङ्क्रमित भएको उनले शुक्रबार सामाजिक सञ्जालमार्फत् जानकारी गराएका हुन्।
पूर्व कप्तान खड्काले शुक्रबार बिहान पीसीआर परीक्षण गराएका हुन्। सोही दिन उनमा कोरोना सङ्क्रमण पुष्टि भएको हो। पूर्व कप्तान खड्का शनिबारदेखि चितवनमा सञ्चालन हुने गौतम वुद्ध कप क्रिकेट प्रतियोगिताको तयारीमा रहेका थिए। कोरोना पुष्टि भएपछि उनले उक्त प्रतियोगिता गुमाउने अवस्था बनेको छ। हाल उनी चिकित्सकको सल्लाहअनुसार होम आइसोलेसनमा बसेका छन्।
उनले आफ्नो श्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराएका छन्। यसअघि नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, उपकप्तान दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल र बसन्त रेग्मी कोरोना भाइरसबाट सङ्क्रमित भइसकेका छन्। उनीहरु क्रिकेटको बन्द प्रशिक्षणकै क्रममा सङ्क्रमित भएका हुन्।