युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले गण्डकी प्रदेशको पोखरामा सञ्चालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति आगामी राखेपको बोर्ड बैठकमा तय गरिने बताएका छन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा बुधबार भएको खेल संघहरूसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री विश्वकर्माले खेलाडीको स्वास्थ्यलाई जोखिममा राखेर राज्य अगाडि बढ्न नसक्ने बताए।
‘कोभिडको प्रभाव र असरलाई न्यूनीकरण गर्दै खेलक्षेत्रको विकास–विस्तार र समृद्धिलाई कसरी लैजाने यो नै चुनौती र अभिभारा हो,’ उनले भने, ‘१३औं साग सम्पन्न भएपश्चात् १ वर्षको अवधिमा खेलकुदले धेरै कुरा गुमाएको छ, कोरानाको परिवेश नभएको भए नवौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा आयोजना गर्ने संकल्पबाट विचलित हुने थिएनौं। यद्यपि भव्यताको कुनै कमी नरहने गरी नवौं राष्ट्रिय खेलकुद हुन्छ, त्यसका लागि आगामी राखेपको बैठकले उपयुक्त मिति तय गर्नेछ।’
अन्तरक्रियामा राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को कार्यान्वयन तथा राष्ट्रिय संघको जिम्मेवारी दायित्व र खेल गतिविधि सञ्चालन र सुचारु गर्ने सम्बन्धमा ३६ राष्ट्रिय संघबीच छलफल भएको थियो।
राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले खेलकुदलाई सामान्य अवस्थामा फर्काउने प्रयास भइरहेको बताए।
‘ओलम्पिकमा समावेश हुने खेललगायत अन्य खेलहरूको पनि प्रशिक्षण सुरु भएको छ, कोभिडको केन्द्र खेलकुद नबनोस् त्यो कुरामा हामी सचेत छौं,’ सिलवालले भने।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष सांसद जीवनराम श्रेष्ठले कोभिडका कारण नवौं राष्ट्रिय खेलकुद तोकिएको मितिमा हुन नसक्ने धारणा राखे।
नेपाल कबड्डी संघकी अध्यक्ष सांसद तुलसा थापा, युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, बागमती प्रदेशका सदस्य–सचिव सूर्य भण्डारीलगायत विभिन्न संघका अध्यक्ष तथा महासचिवले अन्तरक्रिया कार्यक्रममा आआफ्ना धारणा राखेका थिए। सो अवसरमा राखेपका सदस्यको पनि उपस्थिति थियो।
आठौं राष्ट्रिय खेलकुद २०७६ वैशाखमा नेपालगन्जमा भएको थियो। जसको समापनको अवसरमा तत्कालीन पश्चिमाञ्चल खेलकुद विकास समितिले नवौं राष्ट्रिय पोखरामा गर्ने जिम्मेवारी पाएको थियो।
२०३८ सालदेखि सुरु भएको राष्ट्रिय खेलकुद प्रत्येक २ वर्षमा आयोजना भए तापनि यसबीच आठौं संस्करण मात्र सम्पन्न भएको छ। देशमा भएका राजनीतिक घटना र व्यवस्थाका कारण राष्ट्रिय खेलकुद प्रतियोगिता विभिन्न समयमा प्रभावित बन्दै आएको छ।
यस पटक पनि महामारीको रूपमा विश्वभर फैलिएको कोभिड १९ का कारण अझै अनिश्चित देखिएको छ।