भेट्रान कप फुटबल सुरु
०५ असोज २०७६
•
३ मिनेट पाठ
भेट्रान कप फुटबल सुरु
भरतपुरमा सुरु प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्ररान कप फुटबलमा प्रतिस्पर्धा गर्दै खेलाडी।  तस्विरः नागरिक।
चितवन- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कप फुटबल प्रतियोगिता शनिबारबाट यहाँ सुरु भएको छ। चितवन भेट्रान फुटबल क्लबले आयोजना गरेको प्रतियोगितामा शनिबार चारवटा प्रतिस्पर्धा भएका छन्।

आयोजक चितवन (नीलो) र हेटौंडा भेट्रानबीच भएको प्रतिस्पर्धामा ३–१ अन्तरले चितवन  विजयी भएको छ। चितवनका लागि राजकुमार श्रेष्ठ, मदन दराई र लेखराम गुरुङले गोल गरेका थिए।

हेटौंडाका लागि भने एक मात्र गोल प्रशान्त पाख्रिनले गरेका थिए । प्रतिस्पर्धामा चितवनका मदन दराई म्यान अफ दी म्याच भए। सानो गौचरन काठमाडौं र रूपन्देही भेट्रान ११ बीच भएको प्रतिस्पर्धामा ३–१ ले रूपन्देही  विजयी भएको छ। 

रूपन्देहीका लागि जंगबहादुर थारू, जोरसिङ राना, टेकबहादुरले गोल गरेका थिए। सानो गौचरनका तर्फबाट उज्वल श्रेष्ठले  एक गोल फर्काए। खेलमा रूपन्देहीका जोरसिङ राना म्यान अफ दी म्याच बने। 

स्तै,  झापा भेट्रानले बी बी भेट्रान बनेपालाई ४–० ले पराजित गरेको छ। झापाका लागि सन्तोष बस्नेतले २, लक्ष्मीबहादुर लिम्बु र हर्क गुरुङले समान एक गोल गरेका थिए। खेलमा झापाका सन्तोष बस्नेत म्यान अफ दी म्याच बने।

अर्काे खेलमा रोयल भेट्रान दार्जिलिङले अभिषेक चर्च नवलपुरलाई २–० ले  पराजित गरेको छ। दार्जलिङका लागि सागर घोष र पाल्देन भुटियाले गोल गरेका थिए। प्रतिस्पर्धामा रोयल दार्जिलिङका पाल्देन भुटिया म्यान अफ दी म्याच भए। 

प्रतियोगितामा नेपालका १४ र भारतका २ टोलीको सहभागिता रहेको आयोजक चितवन भेट्रान फुटबल क्लबका अध्यक्ष रवीन्द्र  श्रेष्ठले जानकारी दिए। प्रतिस्पर्धामा सहभागी १६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

दुवै समूहबाट चार÷चार टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन्। आइतबार पनि चारवटा प्रतिस्पर्धा  हुनेछ। प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेतालाई ५० हजार ५ सय ५५ रुपैयाँ पुरस्कार राखिएको छ। 
अर्को समाचार
ठूलो राशिको भेट्रान प्रतियोगिता सुरु
१३ असोज २०७२
•
२ मिनेट पाठ
ठूलो राशिको भेट्रान प्रतियोगिता सुरु
धरान- ठूलो पुरस्कार राशिको क्षेत्रीयस्तरको प्रथम पूर्वाञ्चल गोठबहादुर स्मृति भेट्रान फुटबल प्रतियोगिता बिहीबार धरानमा सुरु भएको छ। धरान–१७ स्थित एन्फा टेक्निकल सेन्टरमा धनकुटाको पूर्वाञ्चल भेट्रान ब्रदर्शले धरानको पूर्वाञ्चल यातायात भेट्रानलाई २–१ ले हरायो।खेलको १३ औं मिनेटमा विमल गुरुङले पेनाल्टीमा गोल गर्दै धनकुटालाई अग्रता दिलाए। धरानका सरोज भुजेलले डी बक्सभित्र ह्यान्ड गरेपछि धनकुटाले पेनाल्टी हो।

केही समयपछि धरानका विक्रम राईले आत्मघाती गोल गरेपछि पहिलो हाफमै धनकुटाले २ गोलले अग्रता लियो। दोस्रो हाफको ६० औं मिनेटमा धरानका सरन लिम्बुले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। म्यान अफ द म्याच धनकुटाका विमल गुरुङ भए। उनलाई मेहर्स कलेक्सनबाट जर्सी उपहार पाए।

पूर्वखेलाडीको संगठन धरान भेट्रान फुटबल क्लबले आयोजना गरेको प्रतियोगितामा झापा, मोरङ, सुनसरी र धनकुटा जिल्लाका विभिन्न ११ भेट्रान क्लबले भाग लिएका छन्। असोज २३ मा फाइनल हुने प्रतियोगिता विजेताले ७५ हजार र उपविजेताले ४० हजार रुपैयाँ छन्।

धरान–१६ का पूर्वखेलाडी किशोर राईले आफ्ना बुबा गोठबहादुर राईको स्मृतिमा प्रतियोगिता गर्न तीनवर्षे सम्झौता गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस