आजदेखि एसियाली खेलकुद
०२ भदौ २०७५
•
८ मिनेट पाठ
आजदेखि एसियाली खेलकुद
एसियाली खेलकुदकाे उद्घाटन समाराेह हुने जकार्ताकाे गेलाेरास्थित बङ कामाे रंगशाला । तस्विर : एजेन्सी
जकार्ता - इन्डोनेसियाको राजधानी जकार्ता ट्राफिक जामका लागि विश्वमै बदनाम सहर हो। केही किलोमिटरको दूरी तय गर्न घण्टौं लाग्नुलाई यहाँ सामान्य मानिन्छ। तर विश्व खेलकुदमा ओलम्पिकपछिको दोस्रो ठूलो खेल महोत्सव एसियाली खेलकुद आयोजना गर्न तम्तयार रहँदा इन्डोनेसियाले ट्राफिक व्यवस्थापन चुस्त पार्न थुप्रै प्रयास गरेको छ।




एसियाली खेलकुद (एसियाड)को १८ औं महोत्सवका लागि ४५ देशबाट १२ हजारभन्दा बढी खेलाडीले विभिन्न ४७ खेलमा ४ सय ६२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने महोत्सवका लागि इन्डोनेसिया पूरा तयार भइसकेको छ। शनिबार स्थानीय समयअनुसार साँझ ७ बजे सुरु हुने उद्घाटन समारोहका लागि जकार्ताको गेलोरास्थित बङ कामो रंगशाला दुलहीजस्तै सिँगारिएको छ।

एसियाभरबाट आएका खेलाडी, खेलपदाधिकारी, पत्रकार तथा दर्शकलाई उद्घाटन समारोहमा इन्डोनेसियाको कला, संस्कृति र विकास तथा संवृद्धि देखाएर मनोरञ्जन प्रदान गर्न १० हजार कलाकार तम्तयार छन्। उद्घाटन हुने रंगशालामै शुक्रबार उनीहरूले बन्द ढोकाभित्र भव्य रिहर्सल गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो। यसपालिको एसियाली खेलकुद इन्डोनेसियाले जाकार्ता र पालेम्बाङ गरी दुई फरक सहरमा गर्दै छ। एसियाली खेलकुदको १८औं महोत्सव इन्डोनेसियाका लागि दोस्रो आयोजना अनुभव हुनेछ। यअसघि इन्डोनेसियाले १९६२ मा पहिलो पटक एसियाली खेलकुदको सबभन्दा ठूलो महोत्सव आयोजना गरेको थियो। 

ट्राफिक जाम कम गर्ने उद्देश्यमा प्रतियोगिता अवधिभर जाकार्तामा यात्रुवाहक मिनिबस सञ्चालनमा प्रतिबन्ध लगाइएको छ।  गत हप्ताबाटै जकार्ता शिक्षा प्रशासनले विद्यालय बन्दको घोषणा गरेको थियो। विद्यालय बन्द र मिनिबस प्रतिबन्ध लगाइएपछि यहाँको ट्राफिक निक्कै होलो भएको स्थानीय ट्याक्सी चालक सुब्रतोले बताए। ‘स्कुल बन्द भएपछि यहाँ बाटो धेरै खुकुलो भइसकेको थियो। मिनिबस पनि बन्द गरेपछि त हामीले जकार्तामा गाडी चलाउँदा कहिल्यै नपाएको राहत महसुस गर्न पाएका छौं,’ उनले भने, ‘तपाईंहरू १० दिनअगाडि आउनु भएको भए थाहा पाउनुहुन्थ्यो, यहाँको ट्राफिक कति व्यस्त छ भनेर।

इन्डोनेसियाले एसियाडको भव्य सफलताका लागि जकार्ता र पालेम्बाडमा गरी कुल १३ हजार स्वयम्सेवक परिचालन गर्ने भएको छ। १४ खेलका लागि ३ हजार १ सयको हाराहारीमा खेलाडीलाई आतिथ्य गर्ने पालेम्बाङमा २ हजार तथा बाँकी ४३ खेलका ९ हजारभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्ने जकार्तामा ११ हजार स्वयम्सेवक परिचालन हुने आयोजक कमिटीले पत्रकार सम्मेलनमा जानकारी गराएको छ। आयोजक कमिटीका उपप्रमुख सिस्वान्तोले एसियाडलाई भव्य रूपमा सम्पन्न गर्न इन्डोनेसिया पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए।

‘खेलाडी, खेल अधिकारी र पत्रकार गरी २५ हजारभन्दा बढी पाहुना एसियाली खेलकुदका लागि इन्डोनेसिया आएका छन्। उनीहरूको सुविधामा कुनै सम्झौता गरिने छैन। जकार्ता र पालेम्बाङका सबै खेलस्थल, अभ्यासस्थल तथा सहरमा मुख्य चोकहरूमा हाम्रा स्वयम्सेवक पाहुनाको सेवाका लागि उपस्थित रहनेछन्,’ सिस्वान्तोले भने। इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले उद्घाटन गरेपछि शनिबारबाट औपचारिक रूपमा सुरु हुने एसियाली खेलकुदमा यसपाली ब्रिज, जेट स्की, जुजित्सु, कुरास, प्याराग्लाइडिङ, पेनाक सिलात, साम्बो, स्केट बोर्डिङ र स्पोर्टस क्लाइम्बिङ खेल पहिलो पटक समावेश गरिएको छ। फुटबल, बास्केटबललगायतका केही खेलहरू अघिल्लो साता नै सुरु भइसकेका छन्।

नेपालको झन्डा कमलबहादुरले बोक्ने

उद्घाटन समारोहको मार्चपासमा नेपालको झन्डा भारोत्तोलनका दक्षिण एसियाली स्वर्ण पदकधारी खेलाडी कमलबहादुर अधिकारीले बोक्ने भएका छन्। राष्टिय खेलकुद परिषद्का सदस्यसचिव एवं एसियाली खेलकुदको नेपाली टोलीका सेभ दी मिसन केशवकुमार विष्टले राष्टिय झन्डा कमलबहादुरले बोक्ने जानकारी गराए। यसपालि नेपालको वैदेशिक प्रशिक्षण पहिलाभन्दा राम्रो भएको दाबी गर्दै पदक पनि इतिहासकै सबभन्दा बढी आशा गरिएको विष्टले बताए। विष्टले इतिहासकै राम्रो तयारी भने पनि नेपाली खेलाडीहरूको प्रशिक्षण तीन महिनाअघि मात्र सुरु गरिएको थियो। ‘यसपालि तयारी राम्रो भएकाले पहिलाभन्दा बढी पदकको आशा गरेका छौं । तेक्वान्दो, जुडो, कराते, महिला बक्सिङ, उसु, प्याराग्लाइडिड, स्केट बोर्डिङमा पदक आशा गरेका छौं,’ विष्टले भने।

यसपालि तयारी राम्रो भएकाले पहिलाभन्दा बढी पदकको आशा गरेका छौं । तेक्वान्दो, जुडो, कराते, महिला बक्सिङ, उसु, प्याराग्लाइडिड, स्केट बोर्डिङमा पदक आशा गरेका छौं।

-सदस्यसचिव विष्ट

२९ खेलमा १ सय ८५ खेलाडी सहभागी गराउने तयारीमा रहेको नेपालका अधिकांश खेलाडी इन्डोनेसिया आइसकेका छन्। पछि प्रतिस्पर्धा हुने केही खेलका खेलाडी भने आफ्नो खेल सुरु हुने बेला मात्र आउने सदस्यसचिव विष्टले बताए।ओलम्पिक काउन्सिल अफ एसियाले शनिबारको उद्घाटन समारोहमा मार्चपासका लागि कम कोटा मात्र दिएको बताइएको छ। कोटा कम मात्र प्राप्त भएकाले नेपालका तर्फबाट मार्चपासमा ८० खेलाडी तथा खेलकर्मीले मात्र सहभागिता जनाउन पाउनेछन्।  
अर्को समाचार
दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता सुरु
२५ जेष्ठ २०८०
•
१ मिनेट पाठ
दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता सुरु
नेपाल योग खेलकुद सङ्घको आयोजनामा तेस्रो दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता र माउन्ट एभरेष्ट योग फेस्टिभल च्याम्पियनसीप आजदेखि सुरु भएको छ। उक्त प्रतियोगिता नेपाल–भारतमैत्री धर्मशाला तिलगङ्गामा आजदेखि सुरु भएको हो।




आज एक कार्यक्रमका बीच उक्त प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले उद्घाटन गरेका हुन। उक्त प्रतियोगिता यही जेठ २७ गतेसम्म सञ्चालन हुने नेपाल योग खेलकुद सङ्घ भक्तपुरका उपाध्यक्ष चन्द्रमणि ढुङ्गानाले जानकारी दिए। उनका अनुसार उक्त योग खेलकुद प्रतियोगितामा नेपाल, भारत र बङ्लादेश गरी तीन देशका खेलाडी सहभागी भएका छन्।

सो प्रतियोगितामा सात राष्ट्रका खेलाडीले सहभागिता जनाउने भनिए पनि विभिन्न कारणले अन्य देशका खेलाडी सहभागी हुन नसकेको आयोजकले जनाएको छ। उक्त स्पर्धामा नेपालबाट महिला र पुरुष गरी ३६ खेलाडीको सहभागिता रहेको जनाइएको छ। प्रतियोगितामा विभिन्न उमेर समूहमा प्रतिस्पर्धा हुने बताइएको छ। जसअनुसार आठदेखि ११ वर्ष, १२ देखि १५ वर्ष, १६ देखि १८ वर्ष, १९ देखि २५ वर्ष, २६ देखि ३५ वर्ष र ३५ वर्षदेखि माथिका उमेर समूहमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

यसैगरी माउन्ट एभरेष्ट योग फेस्टिभल पनि यही जेठ २६ र २७ गते हुने भएको छ। यस प्रतियोगितामा सार्क राष्ट्रसहित इरान र साउदी अरेबियाका खेलाडीले प्रतिस्पर्धा गर्ने उपाध्यक्ष ढुङ्गानाले बताए। उक्त प्रतियोगितामा करिब तीन सय खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् भने नेपालबाट महिला र पुरुष गरी ४२ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। 

विसं २०७३ मा राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा दर्ता भएको उक्त सङ्घले २०७४ सालमा प्रथम दक्षिण एसियाली खेलकुद र २०७६ सालमा दोस्रो दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता सञ्चालन गरेको जनाइएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस