बंगलादेशविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा श्रीलंकाले गतिलो जवाफ फर्काएको छ । पाहुना टोलीलाई पहिलो इनिङ्समा २४७ रनमा अलआउट गर्दै आफ्नो पारी थालेको घरेलु टोली श्रीलंकाले दोस्रो दिनको खेलको समाप्तिमा २ विकेट गुमाएर २९० रन जोडेको छ । योसँगै उसले ४३ रनको अग्रता बनाएको छ ।
ओपनर लाहिरु उदारा ४० रनमा तैजृल इस्लामको बलमा एलबीडब्लू धरापमा परेपनि अर्का ओपनर पथुम निकान्का र निदेश चण्डिमलले इनिङ्स सम्हालेका हुन् । निसान्का १४६ रनमा नटआउट रहँदा चण्डिमल ९३ रनमा आउट भए । दुवैले दोस्रो विकेटका लागि १९४ रनको साझेदारी गरे । चणडिमललाई नइम हसनले विकेटकिपर लिट्टोन दासबाट क्याच आउट गराए । प्रभात जयसूर्य ५ रनमा क्रिजमा छन् ।
यसअघि कोलम्बोमा ८ विकेटको क्षतिमा २२० रनबाट दोस्रो दिनको खेल थालेको बंगलादेश थप २७ रन जोड्दै अलआउट भएको थियो । उसका लागि सद्मल इस्लामले सर्वाधिक ४६ रन बनाए ।
श्रीलंकाका लागि असिथा फर्नान्डो र सोनल दिनुसाले समान ३ विकेट लिए । भिस्व फर्नान्डोको नाममा २ विकेट रह्यो ।
दुई खेलको शृंखलाको पहिलो खेल बराबरीमा सकिएको थियो । श्रीलंका भ्रमणमा रहेको बंगलादेश तीन-तीन खेलको एकदिवसीय र टी-२० शृंखला पनि खेल्नेछ ।