इंग्लिस प्रिमियर लिगमा आइतबार राति दुई खेल हुँदै छन्।
वोल्भरह्याम्प्टन वन्डर्सले शीर्ष स्थानको लिभरपुलसँग सामना गर्दैछ। खेल नेपाली समयअनुसार राति ७ः४५ बजे एन्फिल्डमा हुनेछ।
घरेलु मैदानमा हुने खेलमा जित निकाल्दै लिभरपुल दोस्रो स्थानको आर्सनलसँगको दुरी ७ अङ्कमा पुर्याउने योजनामा रहेको छ। लिभरपुल २४ खेलमा ५७ अङ्कका साथ शीर्ष स्थानमा छ। वोल्भर भने १९ अङ्कमा १७औं स्थानमा छ।
अर्को खेलमा राति १०ः१५ बजे म्यानचेस्टर युनाइटेड र टटनह्याम हट्सपरबीच प्रतिस्पर्धा हुनेछ। खेल टटनह्यामको घरेलु मैदानमा हुनेछ।
प्रिमियर लिगको जारी सिजन खराब फर्मबाट गुज्रिरहेका यी दुई टोलीमध्ये विजेता १२औं स्थानमा उक्लनेछ। १४औं स्थानमा रहेको म्यान युनाइटेडको २९ र १५औं स्थानमा रहेको टटनह्यामको २७ अङ्क छ।