सूर्यको किरणसंगै जुम्लाको जिल्ला खेलकुद विकास समितिकाे मैदान भरिभराउ हुन्छ। साना केटाकेटी र किशोरकिशोरीहरू यहाँ तेक्वान्दो अभ्यास गर्न आउँछन्। प्रशिक्षक लालबहादुर राेकायाले उनीहरूलाई खेल र अभ्यासका तकनिक सिकाउँछन्।
तेक्वान्दो डाेजाङका प्रशिक्षक राेकाया जुम्लाको सिँजा गाउँपालिका-६ रुघा गाउँका हुन्। उनी तेक्वान्दो डोजाङका पाँचौँ डान हुन्। लालबहादुरले २०७३ फागुनदेखि जिल्ला खेलकुद विकास समितिको प्रांगणमा खेलाडीलाई पाँच सय रुपैयाँमा तेक्वान्दो सिकाउँदै आएका छन्।
रोकायाले तेक्वान्दो संघबाट स्वीकृति लिएर निःशुल्क खेलाडी उत्पादन गर्दै आएकाे बताएका छन्। जिल्ला खेलकुद विकास समितिसँग समन्वय गरेर उनी दैनिक दुई घण्टा तेक्वान्दोको प्रशिक्षण दिन्छन्। उनीसँग नियमित प्रशिक्षण गर्न ७ जना जुम्लाको प्रतिष्ठानमा कार्यरत डाक्टरसहित ४० जना खेलाडी आउँछन्। उनीहरू पाेखरा, काठमाडौँ, दाङ र जुम्लाका हुन्।
उनले आठ वर्षको अन्तरालमा झन्डै १ हजार ५ सय खेलाडीलाई तेक्वान्दो डोजाङको प्रशिक्षण दिइसकेका छन्। यहाँबाट उत्पादन भएका धेरै खेलाडीले राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा गोल्ड मेडल प्राप्त गर्न सफल भएकाे रोकायाले बताए। सन् २०१९ मा थाइल्यान्डमा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा सिँजा गाउँपालिका–६ जोडु गाउँकी ललिता बुढाले पहिलो गोल्ड मेडल पाइन्। यस्तै, जुम्लाको गुठिचाैर गाउँपालिका-३ गर्ज्याङकाेट गाउँका मंगलराज कामीले पनि गोल्ड मेडल प्राप्त गरे। प्रमिला सार्की, पोषण न्यौपाने, सपेन्द्र भट्टराई, अस्मिता सुनार दर्जनौं खेलाडीले गोल्ड मेडल प्राप्त गरेका थिए।
यस्तै गत माघ १६ र १७ मा प्रथम प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता मंगलराज कामी, उज्वल शाही र पुष्पा सार्कीले प्रथम गोल्ड मेडल प्राप्त गरेकाे मंगलराज कामीले बताए। आठौँ राष्ट्रिय खेलकुदमा जुम्लाबाट तेक्वान्दो प्रतियोगितामा सहभागी भएका नाै जनामध्ये एक जनाले गोल्ड मेडल जित्दा चार जनाले रजत पदक जितेका थिए।
नवौँ राष्ट्रिय खेलकुदमा पनि जुम्लाका खेलाडीले राम्रै स्थान प्राप्त गरेका थिए। एक जनाले प्रथम स्थान हासिल गर्दा दोस्रो र तेस्रोमा ४-४ जनाले सफलता प्राप्त गरेकाे प्रशिक्षक लालबहादुरले स्मरण गरे। निजीस्तरबाट निःशुल्क रूपमा तेक्वान्दोका खेलाडीलाई अन्तर्राष्ट्रियस्तरसम्म पुर्याउँदा पनि सरोकारवाला निकायबाट भने सहयोग र हौसला नमिलेको प्रशिक्षक रोकायाको गुनासो छ।
खेलमार्फत भोलि आर्मी-पुसिलतिर जान सकिन्छ कि भनेर खेल खेलेको तिला गाउँपालिका -९ खाेप्री गाउँकी १२ वर्षकी काजल थापाले बताइन्। उनी भन्छिन्, 'निरोगी हुन र देशमा प्रतिभाहरू जन्माउन खेलकुद आवश्यक छ।'
मोरङ। झापामा भएको ‘दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकप फुटबल प्रतियोगिता’को उपाधि विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ। दुधे रंगशालामा शनिबार भएको फाइनल खेलमा एपिएफ अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ४-२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनलमा रोकेको थियो।
खेलको निर्धारित ९० मिनेटमा दुवै टोलीबाट १-१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो। टाइब्रेकरमा एपिएफले ४ र आर्मीले २ गोल गरेको थियो।
एपिएफका लागि गीता राना, निशा थोकर, रश्मिकुमारी घिसिङ र रेनुका नगरकोटीले गोल गरे भने आर्मीकी तुलसा बोहोरा र सुस्मिता चौधरीले मात्र गोल गर्न सकेका थिए। आर्मीकी यशोदा शाही र बिमला थापाको प्रहारलाई एपिएफकी गोलरक्षक एञ्जिला तुम्बापोले बचाइन्।
निकै प्रतिस्पर्धात्मक खेलमा एपिएफले उपाधि जित्दै ११ लाख रुपैयाँ र ट्रफी प्राप्त गर्यो भने उपविजेता आर्मीले ५ लाख ५० हजार रुपैयाँमा चित्त बुझाउनुपर्यो।
खेलको ३१औँ मिनेटमा आर्मीले अग्रता लिएको थियो। आर्मीका लागि सुक्रिया मियाको क्रस पासमा बिमला चौधरीले गोल गरिन्। एपिएफका ३ जना डिफेन्डरलाई बिट गर्दै गरेको प्रहारले जाली चुमेको थियो। एपिएफले६०औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्यायो। रश्मिकुमारी घिसिङले डी-एरियाको साइड एंगलबाट गरेको पावरफुल प्रहार गोल भएको थियो। खेलको प्लेयर अफ द म्याच एपिएफकी गोलरक्षक एञ्जिला तुम्बापोले १५ हजार रुपैयाँ पुरस्कार पाइन्।
प्रतियोगितामा सर्वाधिक ९ गोल गरेकी एपिएफकीरश्मिकुमारी घिसिङ सर्वोत्कृष्ट खेलाडी हुँदै १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाइन्। त्यसैगरी, उत्कृष्ट गोलकिपर एपिएफकी एञ्जिला तुम्बापो, उत्कृष्ट मिडफिल्डर एपिएफकी रेनुका नगरकोटी, उत्कृष्ट डिफेन्डर एपिएफकी गीता राना, सर्वाधिक गोलकर्ता एपिएफकीरश्मिकुमारी घिसिङ, उत्कृष्ट प्रशिक्षक एपिएफकाजिवेसकुमार पाण्डे र उत्कृष्ट फरवार्ड आर्मीकी चन्द्रा भण्डारी घोषित भए। उनीहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
मंसिर ५ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपाल, भारत र भुटानका ८ टिमको सहभागिता रहेको थियो। भुटानको थिम्पु राभेन वुमन एफसी, भारतको गेसपुर फुटबल एकेडेमी, आरएस पोखरा फुटबल क्लब, बागमती युथ क्लब, झापा-११ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लबको सहभागिता थियो।
विजेता तथा उपविजेतालाई कार्यक्रमका प्रमुख अतिथि शिवसताक्षीका नगर प्रमुख मेगाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की, एन पेनाङ एफसीका उपाध्यक्ष नेत्रनारायण श्रेष्ठ, झापा-११ एफसीका अध्यक्ष जलकुमार गुरुङ, गोल्डकपका अध्यक्ष सन्तोष थोप्रालगायतले पुरस्कार प्रदान गरे।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...