त्रिदेशीय महिला टी-२० क्रिकेटमा नेपालको हारको शृंखला जारी छ । बुधबार नेपाल नेदरल्यान्ण्ड्ससँग १० विकेटको फराकिलो अन्तरमा पराजित भएको हो ।
जारी शृंखलामा यो नेपालको लगातार पाँचौ हार हो । जारी शृंखलामा नेपालले नेदरल्यान्ड्ससँगको तीनै खेलमा हार भोगेको छ । शृंखलाको अन्तिम खेलमा शुक्रबार नेपालले थाइल्यान्डसँग खेल्नेछ ।
पाँच खेलसम्म नेपाल अंकविहीन छ । पाँच खेलबाट डचटोलीको ६ अंक भएको छ । बिहीबार नेदरल्यान्ड्सले थाइल्यान्डसँग खेल्नेछ । दुई खेल बाँकी रहेको अपराजित थाइल्यान्डको ८ अंक छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १४६ रनको लक्ष्य नेदरल्यान्ड्सले बिना क्षति १९.४ ओभरमा पूरा गर्यो । उसको जितमा स्टिर कालिसले ९८ र फेब मोल्केन्बोरले ४८ रनको योगदान गरे ।
मात्र ६९ बलको सामना गरेकी कालिसले ११ चौका र २ छक्का प्रहार गरिन् । उनी २ रनले शतक बनाउनबाट चुकिन् ।
नेपालले सात जना बलर प्रयोग गरेपनि एक विकेट पनि लिन सकेन ।
यसअघि पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ४ विकेट गुमाएर १४५ रनको योगफल तयार पारेको थियो।
नेपालका लागि पूजा महतोले नटआउट ६२ रन जोडिन् । मात्र ४३ बलमा चार चौकाको मद्दतमा अर्धशतक पूरा गरेकी उनी त्रिवि त्रिकेट मैदानमा अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा अर्धशतक बनाउने पहिलो महिला खेलाडी बनिन् । उनले समग्रमा पाँच चौका प्रहार गरिन् । यो उनको अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो अर्धशतक हो । गत वर्ष उनले माल्दिभ्सविरूद्ध अर्धशतक बनाएकी थिइन् । कविता जोशी ७ रनमा नटआउट रहिन् ।
क्याप्टेन इन्दु बर्माले ३९ र रुविना क्षेत्रीले २० रनको योगदान गरे । ७ रन जोड्दा २ विकेट गुमाएको स्थिति सम्हाल्दै इन्दु र पूजाले तेस्रो विकेटका लागि ७८ तथा पूजा र रुबिनाले चौथो विकेटका लागि ४० रनको साझोदारी गरे । पूजाले अन्तिम २ ओभरमा कवितासँग नटआउट २० रनको साझेदारी गरिन् ।