थाइल्याण्डलाई हराउँदै नेदरल्याण्ड्सले काठमाडौंमा जारी त्रिदेशीय टी२० क्रिकेट शृंखलामा उपाधि यात्रा कायमै राखेको छ ।
बिहीबार भएको खेलमा नेदरल्याण्ड्सले थाइल्याण्डमाथि १ विकेटको रोमाञ्चक जित हात पार्यो । थाइल्यान्डको भने यो पहिलो हार हो । उसले यसअघिका सबै चार खेलमा जित निकालेको थियो ।
शृंखलाको अन्तिम खेलमा शुक्रबार थाइल्यान्ड र नेपालबीच खेल हुनेछ । पाँच खेलमा नेपाल अंकविहीन छ । उक्त खेलमा नेपाल विजयी भए रनरेटका आधारमा थाइल्यान्ड र नेदरल्यान्ड्समध्ये एकले उपाधि उचाल्नेछ । जितले भने थाइल्यान्ड विजेता बन्नेछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा थाइल्यान्डले दिएको ११० रनको लक्ष्य नेदरल्याण्ड्सले निर्धारित २० ओभरको अन्तिम बलमा ९ विकेट गुमाएर पूरा गर्यो ।
उसको जितमा फेबे मोल्केबरले सर्वाधिक ३२ र रोबिन रिकेले २० रन बनाइन् ।
यसअघि पहिला ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९ रनको मध्यम योगफल तयार गरेको थियो ।
थाइल्याण्डका लागि नान्नाफाट चैहानले नटआउट ३६ र चानिदा सुत्थीरुआंगले ३२ रन बनाइन् । नेदरल्याण्ड्सका लागि आइरिस विलिङले ३ तथा हेटर सिगर्सले २ विकेट लिइन् ।
सहभागी टोलीले एकअर्कासँग समान ३ पटक खेल्नेछन् । अंक तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।