खेल क्षेत्रको विकास गर्न धावकले गरे ३५ लाखको जग्गा दान
०६ पौष २०८१
•
३ मिनेट पाठ
खेल क्षेत्रको विकास गर्न धावकले गरे ३५ लाखको जग्गा दान
विश्व किर्तिमानी धावक हरिबहादुर राेकायाले कर्णाली खेलकुद क्लबलाई नि:शुल्क जग्गा दान गरेका छन्। उनले जुम्लाको चन्दननाथ नगरपालिका-५ को वडा कार्यालय राजासिम आसपास नजिकै रहेको १ सय ३० वर्गमिटर जग्गा क्लबको नाममा दान गरेका हुन्। उक्त जग्गा लगभग ३५ लाख रुपैयाँ बराबरको भएको बताइएको छ।




समग्र जुम्लाको खेल क्षेत्रको विकासका लागि आफूले जग्गा दान गरेको धावक रोकायाले बताए। यसबाट खेलकुद र खेलाडीहरू प्रतिको समर्पणलाई योगदान पुग्ने उनको विश्वास छ। जुम्लाको खेल क्षेत्रको भविष्यलाई निश्चित बाटोमा पुर्‍याउन जग्गा दानले सहयोग पुग्ने क्लबका अध्यक्ष सरोज बताए। उनले भने, 'किर्तिमानी धावक रोकायाको प्रेरणाले जुम्लामा खेलाडी उत्पादन भइरहेका छन्। रोकायाले उपलब्ध गराएको जग्गामा भवन निर्माण गरिनेछ।'

उनका अनुसार  पहिलो तलामा फिटनेस क्लब हुने र जसबाट दिगो सञ्चालनका लागि कोष संकलन गर्ने योजना छ। दोश्रो तलामा क्लबको प्रशासनिक कार्य गर्नका लागि कार्यालय कक्ष निर्माण हुने र तेश्रो तथा चौथो तलामा न्यूनतम शुल्कमा केटा र केटीहरूका लागि छुट्टाछुट्टै छात्रावास सुविधा प्रदान गरिने छ।

शाहीले भवनबाट संकलन भएको रकमले योग्य खेलाडीहरूलाई छात्रवृत्ति प्रदान गरिने बताए। जुम्लालाई नेपालकै प्रमुख उच्च प्रशिक्षण केन्द्रको रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास लिइएको समेत उनले बताए। 'प्रशिक्षण गर्न चाहने थुप्रै खेलाडीहरूको आकांक्षालाई मूर्त रूप दिन जग्गा दानले पहुँच र आवासको अभाव जस्ता चुनौतीहरूलाई समाधान गर्न सहयोग पुग्ने अपेक्षा छ,' उनले भने।

खेल क्षेत्रमा आफूले भोगेको समस्यालाई मध्येनजर गर्दै जग्गा दान गरेको धावक रोकायाको भनाइ छ। 'खेल क्षेत्रमा मैले भोग्नु परेको समस्या अरू खेलाडीले भोग्न नपरोस् भन्ने मेरो चाहाना हो।' राेकायाले जुम्लाको खेल क्षेत्रको विकासका लागि आफ्नो योगदान सधैं रहिरहने जिकिर गरे। उनले भने, ‘जीवन पूरै खेल क्षेत्रमा लागेर बित्यो। कहाँ टाढा हुन सकुँला र ? म रहुन्जेल खेल क्षेत्रको विकासका लागि सकेको गर्ने छु।’

धावक हरिबहादुरकाे खेल क्षेत्रकाे यात्रा

कीर्तिमानी धावक हरिबहादुर राेकाया तत्कालीन चन्दननाथ गाविस–४ मा वि.सं. २०२२ असोज १५ गते जन्मिएका हुन्। उनी १५ वर्षको उमेरदेखि धावन यात्रा तय गरेका एक परिचित खेलाडी हुन्। एभरेस्ट म्याराथनमा ह्याट्रिक गर्दै विश्व कीर्तिमान राख्ने एक अद्भूत क्षमतावान् व्यक्तित्व हुन् उनी। साविकको कर्णाली अञ्चललाई पहिलोपटक मेडल दिलाउने देशकै शान हुन्।

उनले १३ वटा राष्ट्रिय तथा २९ वटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन्। पहिलोपटक सन् १९९३ मा सगरमाथाको आधार शिविर (पाँच हजार १ सय ८४ मिटर उचाइ)बाट सुरु भई नाम्चे बजार (तीन हजार ४ सय ४६ मिटर) सम्मको एभरेस्ट म्याराथनमा भाग लिए। त्यसमा उनी तेस्रो भए। सन् १९९७ मा भएको प्रतियोगितामा दोस्रो भए। सन् १९९९ मा उनी पहिलो भए। त्यतिमा मात्र हरिबहादुरले चित्त बुझाएनन्। संसारकै सबैभन्दा अग्लो ठाउँमा हुने विश्वप्रसिद्ध म्याराथन एभरेस्ट म्याराथनमा सन् २००० मा पहिलो भएर विश्व कीर्तिमान नै राखे।

तीन घन्टा ५० मिनेट २३ सेकेन्डमा म्याराथन पूरा गरी गिनिज बुक अफ द वर्ल्ड रेकर्डमा कीर्तिमानी धावकको रूपमा नाम लेखाए। उनी भन्छन्, ‘यहाँसम्म ल्याइपुर्‍याउन उत्प्रेरणा दिने धेरै छन्। उनीहरूकै प्रेरणाका कारण मैले तीनपटक उपाधि उचालेँ। अन्तिममा प्रवेश शुल्क तिर्न सकिनँ र खेलमा भाग लिन पाइनँ।’ अहिले उनले उत्पादन गरेका खेलाडी कोही हङकङ, इटलीलगायत देशमा प्रशिक्षण लिन र म्याराथनमा भाग लिन पुगेका छन्। केहीले त राष्ट्रिय–अन्तर्राष्ट्रिय पुरस्कारसमेत जितेका छन्।

उनी भन्छन्, ‘मैले प्रशिक्षण दिएका खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार जित्दा गर्व लाग्छ।’ विश्वरुपा बुढा, सुनमाया बुढा, पूर्णलक्ष्मी न्यौपाने, दुर्गा बुढा, रेजिना भण्डारी, राममाया बुढा, मञ्जु बुढा, सबै रोकायाले उत्पादन गरेका खेलाडी हुन्। उनीहरू सबै अन्तर्राष्ट्रिय खेलाडी हुन्। निरन्तरको अभ्यासले धेरैजसो खेलाडी उपाधि उचाल्न सफल हुन्छन्।
अर्को समाचार
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
८ घण्टा अघि
•
१ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
मोरङ। झापामा भएको ‘दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकप फुटबल प्रतियोगिता’को उपाधि विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ। दुधे रंगशालामा शनिबार भएको फाइनल खेलमा एपिएफ अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ४-२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो।




गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनलमा रोकेको थियो।

खेलको निर्धारित ९० मिनेटमा दुवै टोलीबाट १-१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो। टाइब्रेकरमा एपिएफले ४ र आर्मीले २ गोल गरेको थियो।

एपिएफका लागि गीता राना, निशा थोकर, रश्मिकुमारी घिसिङ र रेनुका नगरकोटीले गोल गरे भने आर्मीकी तुलसा बोहोरा र सुस्मिता चौधरीले मात्र गोल गर्न सकेका थिए। आर्मीकी यशोदा शाही र बिमला थापाको प्रहारलाई एपिएफकी गोलरक्षक एञ्जिला तुम्बापोले बचाइन्।

निकै प्रतिस्पर्धात्मक खेलमा एपिएफले उपाधि जित्दै ११ लाख रुपैयाँ र ट्रफी प्राप्त गर्‍यो भने उपविजेता आर्मीले ५ लाख ५० हजार रुपैयाँमा चित्त बुझाउनुपर्‍यो।

खेलको ३१औँ मिनेटमा आर्मीले अग्रता लिएको थियो। आर्मीका लागि सुक्रिया मियाको क्रस पासमा बिमला चौधरीले गोल गरिन्। एपिएफका ३ जना डिफेन्डरलाई बिट गर्दै गरेको प्रहारले जाली चुमेको थियो। एपिएफले ६०औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्यायो। रश्मिकुमारी घिसिङले डी-एरियाको साइड एंगलबाट गरेको पावरफुल प्रहार गोल भएको थियो। खेलको प्लेयर अफ द म्याच एपिएफकी गोलरक्षक एञ्जिला तुम्बापोले १५ हजार रुपैयाँ पुरस्कार पाइन्।

प्रतियोगितामा सर्वाधिक ९ गोल गरेकी एपिएफकी रश्मिकुमारी घिसिङ सर्वोत्कृष्ट खेलाडी हुँदै १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाइन्। त्यसैगरी, उत्कृष्ट गोलकिपर एपिएफकी एञ्जिला तुम्बापो, उत्कृष्ट मिडफिल्डर एपिएफकी रेनुका नगरकोटी, उत्कृष्ट डिफेन्डर एपिएफकी गीता राना, सर्वाधिक गोलकर्ता एपिएफकी रश्मिकुमारी घिसिङ, उत्कृष्ट प्रशिक्षक एपिएफका जिवेसकुमार पाण्डे र उत्कृष्ट फरवार्ड आर्मीकी चन्द्रा भण्डारी घोषित भए। उनीहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

मंसिर ५ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपाल, भारत र भुटानका ८ टिमको सहभागिता रहेको थियो। भुटानको थिम्पु राभेन वुमन एफसी, भारतको गेसपुर फुटबल एकेडेमी, आरएस पोखरा फुटबल क्लब, बागमती युथ क्लब, झापा-११ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लबको सहभागिता थियो।

विजेता तथा उपविजेतालाई कार्यक्रमका प्रमुख अतिथि शिवसताक्षीका नगर प्रमुख मेगाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की, एन पेनाङ एफसीका उपाध्यक्ष नेत्रनारायण श्रेष्ठ, झापा-११ एफसीका अध्यक्ष जलकुमार गुरुङ, गोल्डकपका अध्यक्ष सन्तोष थोप्रालगायतले पुरस्कार प्रदान गरे।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस