लुम्बिनी लायन्स: रोहितको एक्लो प्रयास, चलेनन् विदेशी खेलाडी
२८ मंसिर २०८१
•
५ मिनेट पाठ
लुम्बिनी लायन्स: रोहितको एक्लो प्रयास, चलेनन् विदेशी खेलाडी
पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सको यात्रा सकिएको छ। राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको नेतृत्वको टोलीले राम्रो प्रदर्शन गरे पनि सकारात्मक नतिजा निकाल्नबाट चुक्यो।




कप्तान रोहितकुमार पौडेलले आफूले सक्दो प्रयास गरे। तर, त्यो टीमको जितका लागि पर्याप्त भएन। कुल सात खेल खेलेका कप्तान पौडेलले प्रतियोगितामा हालसम्म सर्वाधिक दुई सय ७९ रन बनाउनुका साथै आठ विकेट लिँदै आफूलाई उत्कृष्ट सावित गरे पनि त्यतिले मात्रै टोलीलाई शीर्ष चारमा पुर्‍याउन पर्याप्त भएन। नतिजा सात खेलमा एउटा जितमा मात्रै चित्त बुझाउनुपर्‍यो।

लिगको चरणको आफ्नो अन्तिममा खेलमा आज लुम्बिनी लायन्स कर्णाली याक्ससँग पाँच रनले पराजित भयो। जितका लागि कर्णाली याक्सले दिएको एक सय २९ रनको सामान्य लक्ष्य पनि लुम्बिनीले पूरा गर्न सकेन।

हारको सिलसिला सुरुदेखि अन्तिमसम्मै

लुम्बिनीको हारको सुरुवात पहिलो खेलदेखि नै भयो। लुम्बिनीले आफ्नो पहिलो खेलमा विराटनगरसँग दुई विकेटले पराजित भयो। दोस्रो खेलमा पोखरासँग १० विकेटले हार्यो। तेस्रो खेलमा सुदूरपश्चिमसँग ४५ रनले हार्दा चौथो खेलमा पनि जनकपुरसँग एक रनले पराजित भएको थियो।

पाँचौँ चितवन राइनोजलाई ३३ रनले पराजित गर्दै लुम्बिनीले पहिलो जित दर्ता गरेको थियो। तर, छैटौँ खेलमा काठमाडौँ गुर्खाजसँग १८ रनले पराजित भएपछि एनपिएलको जारी संस्करणबाट बाहिरिने पहिलो टोली बन्न पुग्यो।

चलेनन विदेशी खेलाडी

लुम्बिनीले अस्ट्रेलियन अलराउन्डर बेन कटिङ, इङ्ग्ल्याण्डका विकेटकिपर तथा ब्याट्सम्यान टम मुर्स, बार्बाडियन फास्ट बलर रामोन सिमन्ड्स, भारतीय युवा क्रिकेटर उन्मुक्त चन्द र क्यानडाका पूर्वकप्तान तथा कीर्तिमानी अलराउण्डर साद बिन जफरलाई भित्र्याएको थियो।

अनुभव खेलाडीले राम्रो प्रदर्शन गर्ने आशा लिइएको थियो। तर, केही विदेशी खेलाडीले मध्यम प्रदर्शन गरे पनि केही खेलाडी भने चल्नै सकेनन्। लुम्बिनीको सबैभन्दा आशा गरिएका खेलाडी थिए, भारतीय युवा क्रिकेटर उन्मुक्त चन्द।

चन्दको कप्तानीमा भारतले सन् २०१२ को यु–१९ विश्वकपको उपाधि हात पारेको थियो। यु–१९ को फाइनलमा खेलमा चन्दले शतक समेत प्रहार थिए। उनी आइपिएल स्टार समेत हुन्। तर, एनपिएलमा उन्मुक्त चल्नै सकेनन्।

लुम्बिनीबाट उन्मुक्त चारवटा खेल खेले। पोखराविरुद्धको खेलमा उनी शून्य रनमै आउट भए। सुदूरपश्चिमसँगको खेलमा पनि उनी चल्न सकेनन्। चार रन बनाएर आउट हुन् पुगे।

चितवनविरुद्धको खेलमा पनि शून्य रनमै आउट भएका उन्मुक्तले काठमाडौं गुर्खाजविरुद्धको खेलमा भने १४ रन बनाए। एनपिएलका चार खेलमा उन्मुक्तले १८ रन मात्रै बनाए।

अस्ट्रेलियन अलराउन्डर बेन कटिङले पनि लुम्बिनीलाई खासै राम्रो योगदान दिन सकेनन्। एनपिएलमा लुम्बिनीका तर्फबाट तीन खेल खेलेका कटिङले जम्मा १० रन मात्रै जोडे। ३७ वर्षीय दायाँ हाते ब्याटर र मध्यम तीव्र गतिका बलर कटिङ सहभागी सन्राइजर्स हैदरावादले सन् २०१६ इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि जिते पनि एनपिएलमा उनको प्रदर्शन निराशाजनक नै रह्यो। 

लुम्बिनीको तर्फबाट खेल्ने विदेशी खेलाडीमध्ये इङ्ग्ल्याण्डका विकेटकिपर तथा ब्याट्सम्यान टम मुर्सले भने केही योगदान गरे। लुम्बिनीबाट सातवटै खेल खेलका उनले एक सय ६५ रन बनाए।

यस्तै, क्यानडाका पूर्वकप्तान तथा कीर्तिमानी अलराउण्डर साद बिन जफरले लुम्बिनीका लागि सातवटै खेल खेले। सातवटा खेलबाट ८३ रन बनाएका उनले नौ विकेट आफ्नो नाममा दर्ता गरे।

बार्बाडियन फास्ट बलर रामोन सिमन्ड्सको प्रदर्शन पनि मध्यम नै रह्यो। सातवटै खेल खेलेका उनले ब्याटिङतर्फ छ रन बनाउँदा बलिङतर्फ भने नौ विकेट लिन सफल भए।

स्वदेशी खेलाडीको प्रदर्शन

लुम्बिनीका कप्तान तथा मार्की खेलाडी रोहितकुमार पौडेल एनपिएलका लिग चरणका सातवटै खेल खेले। उनले सात वटा खेलबाट २७९ रन बनाउन सफल भए भने आठ विकेट आफ्नो नाममा दर्ता गरे। उनले एनपिएलमा सर्वाधिक ९५ रन बनाए भने दुई अर्धशतक समेत प्रहार गरे।

लुम्बिनीबाट सातवटै खेल खेल्ने अर्का स्वदेशी खेलाडी हुन्, सन्दीप जोरा। उनले सातवटा खेलबाट एक सय २० रन बनाउँदा एक विकेट पनि आफ्नो नाममा दर्ता गराए।

छवटा खेल खेलेका अर्जुन साउदले कूल ६८ रन जोडे। विवेक यादवले छ खेलबाट एक सय रन बनाए भने तीन विकेट हात पारे। उनले एक अर्धशतक समेत प्रहार गरेका थिए। टोलीका लागि छवटै खेल खेलेका आशुतोष घिरैयाले कूल ४४ रन जोडे।

साथै पाँच वटा खेल खेलेका दुर्गेश गुप्ताले कूल पाँच रन बनाउँदा तीन विकेट आफ्नो नाममा दर्ता गराए भने चार खेल खेलेका सुर्य तामाङले कूल १८ रन जोड्दै एक विकेट लिए भने चार खेल नै खेलेका अभिषेक गौतमले एक रन जोड्न नसके पनि छ विकेट लिए।

लुम्बिनीबाट दिनेश अधिकारी दुई खेल खेले। जसमा उनले १४ रन जोडे। लुम्बिनीबाट तिलक भण्डारी र विकास आग्री एक/एक खेल खेले। जसमा भण्डारीले तीन रन बनाए भने तीन विकेट लिए। यस्तै, आग्रीले तीन विकेट आफ्नो नाममा दर्ता गरे।

रोहितको एक्लो प्रयास

लुम्बिनी लायन्सका लागि कप्तान तथा मार्की खेलाडी रोहितकुमार पौडेलको योगदान भने प्रशंसनीय नै रह्यो। एनपिएलमा आफ्नो पहिलो खेलमा विराटनगर किङ्सविरुद्व कप्तान पौडेलले २९ बलमा दुई छक्का र चार चौकाको मद्दतले ४६ रन बनाए। विराटनगरविरुद्ध बलिङ भने गरेनन्।

रोहितले आफ्नो दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ५९ बल खेल्ने क्रममा चार छक्का र १० चौकाको मद्दतले ९५ रन बनाए।

तेस्रो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्व पाँच रन बनाए भने एक विकेट हात पारे। चौथो खेलमा जनकपुर बोल्ट्सविरुद्व उनले सर्वाधिक ३५ रन बनाउँदा बलिङतर्फ चार ओभरमा २२ रन मात्रै खर्चिएर दुई विकेट हात पारे।

आफ्नो पाँचौँ खेलमा चितवन राइनोजलाई हराएर पहिलो जित निकाल्दा लुम्बिनीका पौडेल ब्याटिङ र बलिङ दुवैतर्फ नायक बने। उनले चितवन राइनोजविरुद्ध ५७ बलमा पाँच चौका र छ छक्काको मद्दतले रोहितले ८० रन जोड्दा बलिङतर्फ चार विकेट चट्काए।

छैटौँ खेल र सातौँ खेलमा भने उनी जम्न सकेनन्। छटठौं खेलमा काठमाडौंविरुद्ध आठ रन मात्रै बनाएका रोहितले बलिङतर्फ एक विकेट पनि झार्न सकेनन्। आठौँ खेलमा कर्णालीविरुद्ध १० रन मै आउट भएका रोहित बलिङतर्फ भने एक विकेट लिन सफल बने।

पौडेल जारी एनपिएलमा सबैभन्दा धेरै रन बनाउने पहिलो नम्बरमा छन्। उनले सात खेलबाट सर्वाधिक दुई सय ७९ रन बनाउन सफल भएका छन्। रोहित जारी एनपिएलमा ११ छक्का र २६ चौकासमेत प्रहार गरेका छन्।

सुरज घिमिरे/रासस
अर्को समाचार
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
७ घण्टा अघि
•
१ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
मोरङ। झापामा भएको ‘दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकप फुटबल प्रतियोगिता’को उपाधि विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ। दुधे रंगशालामा शनिबार भएको फाइनल खेलमा एपिएफ अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ४-२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो।




गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनलमा रोकेको थियो।

खेलको निर्धारित ९० मिनेटमा दुवै टोलीबाट १-१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो। टाइब्रेकरमा एपिएफले ४ र आर्मीले २ गोल गरेको थियो।

एपिएफका लागि गीता राना, निशा थोकर, रश्मिकुमारी घिसिङ र रेनुका नगरकोटीले गोल गरे भने आर्मीकी तुलसा बोहोरा र सुस्मिता चौधरीले मात्र गोल गर्न सकेका थिए। आर्मीकी यशोदा शाही र बिमला थापाको प्रहारलाई एपिएफकी गोलरक्षक एञ्जिला तुम्बापोले बचाइन्।

निकै प्रतिस्पर्धात्मक खेलमा एपिएफले उपाधि जित्दै ११ लाख रुपैयाँ र ट्रफी प्राप्त गर्‍यो भने उपविजेता आर्मीले ५ लाख ५० हजार रुपैयाँमा चित्त बुझाउनुपर्‍यो।

खेलको ३१औँ मिनेटमा आर्मीले अग्रता लिएको थियो। आर्मीका लागि सुक्रिया मियाको क्रस पासमा बिमला चौधरीले गोल गरिन्। एपिएफका ३ जना डिफेन्डरलाई बिट गर्दै गरेको प्रहारले जाली चुमेको थियो। एपिएफले ६०औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्यायो। रश्मिकुमारी घिसिङले डी-एरियाको साइड एंगलबाट गरेको पावरफुल प्रहार गोल भएको थियो। खेलको प्लेयर अफ द म्याच एपिएफकी गोलरक्षक एञ्जिला तुम्बापोले १५ हजार रुपैयाँ पुरस्कार पाइन्।

प्रतियोगितामा सर्वाधिक ९ गोल गरेकी एपिएफकी रश्मिकुमारी घिसिङ सर्वोत्कृष्ट खेलाडी हुँदै १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाइन्। त्यसैगरी, उत्कृष्ट गोलकिपर एपिएफकी एञ्जिला तुम्बापो, उत्कृष्ट मिडफिल्डर एपिएफकी रेनुका नगरकोटी, उत्कृष्ट डिफेन्डर एपिएफकी गीता राना, सर्वाधिक गोलकर्ता एपिएफकी रश्मिकुमारी घिसिङ, उत्कृष्ट प्रशिक्षक एपिएफका जिवेसकुमार पाण्डे र उत्कृष्ट फरवार्ड आर्मीकी चन्द्रा भण्डारी घोषित भए। उनीहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

मंसिर ५ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपाल, भारत र भुटानका ८ टिमको सहभागिता रहेको थियो। भुटानको थिम्पु राभेन वुमन एफसी, भारतको गेसपुर फुटबल एकेडेमी, आरएस पोखरा फुटबल क्लब, बागमती युथ क्लब, झापा-११ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लबको सहभागिता थियो।

विजेता तथा उपविजेतालाई कार्यक्रमका प्रमुख अतिथि शिवसताक्षीका नगर प्रमुख मेगाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की, एन पेनाङ एफसीका उपाध्यक्ष नेत्रनारायण श्रेष्ठ, झापा-११ एफसीका अध्यक्ष जलकुमार गुरुङ, गोल्डकपका अध्यक्ष सन्तोष थोप्रालगायतले पुरस्कार प्रदान गरे।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस