प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग(एनपिएल)को भव्य तयारी गर्न आग्रह गरेका छन्। बिहीबार साँझ फेसबुकमा एक फोटो पोस्ट गर्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन्।
‘एनपिएल हाम्रो गौरव हो, भव्य तयारी गर्नुस्,’ प्रधानमन्त्री ओलीले फोटोमा लेखेका छन्।
प्रधानमन्त्री ओलीले यसो भनिरहँदा राष्ट्रिय खेलकुद परिषद्को कार्यदलले भने एनपिएलको तयारी रोक्न पत्राचार गरेको छ। युवा तथा खेलकुद मन्त्रालयबाट एनपिएलको पहिलो संस्करण आयोजनाका सम्बन्धमा छानबिन गर्न राखेपकाे कार्यदल गठन भएकाे थियाे। जसले नेपाल क्रिकेट संघ (क्यान) लाई छानबिन नसकिएसम्म एनपिएलकाे तयारी राेक्न निर्देशन दिएकाे थियाे।
यसअघि प्रधानमन्त्री ओली बिहीबारै सातदोबाटो एन्फा कम्प्लेक्समा स्पोर्टस् साइन्स ल्याबको उद्घाटन गर्दै पनि यही कुरा बताएका थिए। ‘एनपिएलको भब्य तयारी गर्नुस् । एनपीएल भनेको हाम्रो राष्ट्रिय गौरव हो । यसलाई राष्ट्रिय स्तरमा बढाउनुपर्छ,’ उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीले भनेका थिए, ‘जसरी क्रिकेटको क्रेज बढेको छ देशमा, त्यसरी नै एनपीएललाई अगाडि लैजानुपर्छ । यसको आयोजना गर्नुस् । यो खेलिनुपर्छ।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...