जिल्लाको बेलका नगरपालिकाद्वारा सञ्चालित ‘दोस्रो बेलका गोल्डकप फुटबल प्रतियोगिता ०८१’ को उपाधि गाईघाट फुटबल क्लबले जितेको छ। आइतबार सम्पन्न फाइनल खेलमा एभरेस्ट फुटबल क्लब सुनसरीलाई २–० गोलले पराजित गर्दै गाईघाट उपाधि चुम्न सफल भएको हो।
‘बेलकाको शान खेलकुद विकासमा हातेमालो हाम्रो अभियान’ भन्ने मूल नाराका साथ स्थानीय ब्रदरहुड फुटबल क्लब बेलकाको आयोजनामा सम्पन्न प्रतियोगितामा गाईघाटका लागि रविशङ्कर चौधरी एक्लैले २ गोल गरेका थिए। मध्यान्तरपछिको खेलमा चौधरीले लगातार २ गोल गर्दै टोलीलाई उपाधि दिलाएका हुन्।
उपाधिसँगै विजेता गाईघाट एफसीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगदसहित ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता एभरेस्ट एफसीलाई ५५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिएको आयोजक ब्रदरहुड क्लबले जनाएको छ।
फाइनल खेलको म्यान अफ द म्याच गाईघाटका चौधरी नै घोषित भए भने गाईघाटका सुदीप श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित हुँदै ७ हजार नगदसहित मेडल र प्रमाणपत्र पाए।
विधागत पुरस्कारतर्फ गाईघाटका अनिल मगर उत्कृष्ट गोलकिपर भए भने एभरेस्टका सञ्जय श्रेष्ठ उत्कृष्ट डिफेन्डर तथा आयोजक ब्रदरहुडका राजन मगर उदीयमान खेलाडी घोषित भए। त्यसैगरी एभरेस्टका आकाश राई सर्वाधिक गोलकर्ताको पुरस्कार पाउँदा गाईघाटका किरणकुमार कार्की उत्कृष्ट प्रशिक्षकको पुरस्कार पाउन सफल भए।
विधागत विजेताहरू सबैलाई नगद ५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक क्लबले जनाएको छ।
उता कटारीमा जारी ‘तेस्रो गबुवा नकआउट खुल्ला फुटबल प्रतियोगिता’मा कटारी २ को गराँस फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ। सोमबार भएको सेमिफाइनल खेलमा कटारी ५ को शलेस युवा समूहलाई १–० गोलले पराजित गर्दै गराँस फाइनलमा प्रवेश गरेको हो।
कटारी नगरपालिका ४ स्थित गबुवा स्पोर्टस क्लबको आयोजनामा जारी प्रतियोगितामा मध्यान्तरअघिको अन्तिम समयमा सलेशका गोलरक्षक सागर मगरले डिवक्स बाहिर बल छोएपछि रातो कार्डको सजायसँगै बाहिरिएको अवस्थालाई उपयोग गर्दै गराँसका देवराज चौधरीले फ्रिकिक प्रहार गोलमा परिणत भएको हो। चौधरीको सोही गोलले फाइनलको यात्रा सुनिश्चित गरेको हो।
खेलको म्यान अफ द म्याच गराँसका चौधरी नै घोषित भए। उनलाई क्लबका उपाध्यक्ष अमृत मगरले नगदसहित पुरस्कार प्रदान गरे। १० खेलाडीमा सीमित सलेश गराँसको दबाब सहन नसकेपछि शून्य गोलबाटै प्रतियोगिताबाटै बाहिरिन बाध्य भएको छ।
प्रतियोगिता विजेता टिमले नगद ७७ हजार ७ सय ७७ रुपैयाँका साथ ट्रफि, मेडल र प्रमाणपत्र हात पार्नेछ। उपविजेता लाई नगद ५५ हजार ५ सय ५५ सहित मेडल र प्रमाणपत्र प्रदान गर्ने आयोजकले जनाएको छ।
कात्तिक १३ गते फाइनल खेल हुने प्रतियोगितामा उदयपुर र सिन्धुलीका गरी १० खेलाडी समूहको सहभागिता रहेको छ।