जैविक विविधताको संरक्षणमा सचेतनाका लागि चितवनमा आयोजना गरिएको म्याराथन प्रतियोगितामा नेपाल आर्मी प्रथम भएको छ।
रोटरी क्लब अफ चितवनले शुक्रबार आयोजना गरेको कसरा चोकदेखि मेघौली विमानस्थलसम्मको १४ किलोमिटरको म्याराथनमा महिला र पुरुष तर्फ नेपाल आर्मी नै प्रथम भएको हो।
पुरुष तर्फ आर्मीका सञ्जय श्रेष्ठ प्रथम भएका छन्।अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत सहभागिता जनाएका गोरखा स्थायी घर भएका श्रेष्ठले निर्धारित दुरी ४५ मिनेट १६ सेकेन्डमा पुरा गरे। त्यस्तै मेलम्ची स्थायी घर भएका एपीएफका राजेन्द्र तामाङ द्वितीय भएका छन्। उनले ४५ मिनेट १७ सेकेन्डमा निर्धारित दुरी पार गरेका थिए। ४५ मिनेट २५ सेकेन्डमा निर्धारित दुरी पार गर्दै आर्मीका रत्नबहादुर खत्री तृतीय हुन सफल भए। जुम्लाका धीर बहादुर बुढाले सान्त्वना पदक जिते। उनले ४६ मिनेट ५९ सेकेन्डमा १४ किलोमिटरको दुरी पार गरेका थिए।
महिला तर्फ आर्मीकै प्रजिता श्रेष्ठ प्रथम भएकी छिन्। निर्धारित १४ किलोमिटरको दुरी ५६ मिनेटमा पुरा गर्दै उनी प्रथम भएकी हुन्। एपिएफकी फुलमती राना द्वितीय, आशा रावत तृतीय र आर्मीकी राज्य लक्ष्मी रावलले सान्त्वना पदक जितेकी छिन। उनीहरुले क्रमशः ५६ मिनेट ९ सेकेन्ड, ५६ मिनेट २९ सेकेन्ड, र ५७ मिनेट ३८ सेकेन्डमा निर्धारित दुरी पार गरेका थिए।
पुरुष र महिला तर्फ प्रथम हुनेले ३० हजार, द्वितीय हुनेले २० हजार, तृतीय हुनेले १० हजार र सान्त्वनाले ५ हजार रुपैयाँ नगद प्राप्त गरेका छन्।
जैविक विविधता र परिस्थिति प्रणालीको संरक्षणमा चेतना फैलाउने, सर सफाइको विषयमा स्थानीयलाई जागरूक बनाउने उद्देश्यले ‘अन्तर्राष्ट्रिय हेरिटेज म्याराथन’को आयोजना गरिएको हो। यस्ता कार्यक्रमले पर्यटनसंगै खेलकुदको समेत विकास हुने पर्यटन मन्त्री बद्री पाण्डेले बताए।
पुरस्कार प्रदान गर्दै मन्त्री पाण्डेले खेलकुदको माध्यमबाट पनि पर्यटकको वृद्धि गर्न सकिने धारणा राखे। साथै उनले भरतपुर विमानस्थलमा रात्रिकालीन विमान सञ्चालन गर्ने तयारी भएको बताए। ‘भरतपुर विमानस्थलको क्षेत्र विस्तार गर्नुपर्ने छ। यसले रात्रिकालीन सेवा दिने गरी त्यसका उपकरणहरू जडान गर्नुपर्ने हुन्छ,’ उनले भने ‘मन्त्रीका नाताले यस्ता काम गर्ने कुराको प्रतिबद्धता जनाउँदछु ।’
भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले भिजिट भरतपुरलाई समेत यस प्रतियोगिताले सहयोग गरेको बताइन्। म्याराथनमा ५०० जनाको हाराहारीमा सहभागिता रहेको थियो। भरतपुर महानगरपालिका, रोटरी क्लब अफ चितवन, मेघौली उपभोक्ता समिति, मेघौली पर्यटन विकास समिति र चितवन गोलाघाट पर्यटन विकास समितिको सहभागिता रहेको थियो।
मोरङ। झापामा भएको ‘दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकप फुटबल प्रतियोगिता’को उपाधि विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ। दुधे रंगशालामा शनिबार भएको फाइनल खेलमा एपिएफ अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ४-२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनलमा रोकेको थियो।
खेलको निर्धारित ९० मिनेटमा दुवै टोलीबाट १-१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो। टाइब्रेकरमा एपिएफले ४ र आर्मीले २ गोल गरेको थियो।
एपिएफका लागि गीता राना, निशा थोकर, रश्मिकुमारी घिसिङ र रेनुका नगरकोटीले गोल गरे भने आर्मीकी तुलसा बोहोरा र सुस्मिता चौधरीले मात्र गोल गर्न सकेका थिए। आर्मीकी यशोदा शाही र बिमला थापाको प्रहारलाई एपिएफकी गोलरक्षक एञ्जिला तुम्बापोले बचाइन्।
निकै प्रतिस्पर्धात्मक खेलमा एपिएफले उपाधि जित्दै ११ लाख रुपैयाँ र ट्रफी प्राप्त गर्यो भने उपविजेता आर्मीले ५ लाख ५० हजार रुपैयाँमा चित्त बुझाउनुपर्यो।
खेलको ३१औँ मिनेटमा आर्मीले अग्रता लिएको थियो। आर्मीका लागि सुक्रिया मियाको क्रस पासमा बिमला चौधरीले गोल गरिन्। एपिएफका ३ जना डिफेन्डरलाई बिट गर्दै गरेको प्रहारले जाली चुमेको थियो। एपिएफले६०औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्यायो। रश्मिकुमारी घिसिङले डी-एरियाको साइड एंगलबाट गरेको पावरफुल प्रहार गोल भएको थियो। खेलको प्लेयर अफ द म्याच एपिएफकी गोलरक्षक एञ्जिला तुम्बापोले १५ हजार रुपैयाँ पुरस्कार पाइन्।
प्रतियोगितामा सर्वाधिक ९ गोल गरेकी एपिएफकीरश्मिकुमारी घिसिङ सर्वोत्कृष्ट खेलाडी हुँदै १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाइन्। त्यसैगरी, उत्कृष्ट गोलकिपर एपिएफकी एञ्जिला तुम्बापो, उत्कृष्ट मिडफिल्डर एपिएफकी रेनुका नगरकोटी, उत्कृष्ट डिफेन्डर एपिएफकी गीता राना, सर्वाधिक गोलकर्ता एपिएफकीरश्मिकुमारी घिसिङ, उत्कृष्ट प्रशिक्षक एपिएफकाजिवेसकुमार पाण्डे र उत्कृष्ट फरवार्ड आर्मीकी चन्द्रा भण्डारी घोषित भए। उनीहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
मंसिर ५ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपाल, भारत र भुटानका ८ टिमको सहभागिता रहेको थियो। भुटानको थिम्पु राभेन वुमन एफसी, भारतको गेसपुर फुटबल एकेडेमी, आरएस पोखरा फुटबल क्लब, बागमती युथ क्लब, झापा-११ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लबको सहभागिता थियो।
विजेता तथा उपविजेतालाई कार्यक्रमका प्रमुख अतिथि शिवसताक्षीका नगर प्रमुख मेगाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की, एन पेनाङ एफसीका उपाध्यक्ष नेत्रनारायण श्रेष्ठ, झापा-११ एफसीका अध्यक्ष जलकुमार गुरुङ, गोल्डकपका अध्यक्ष सन्तोष थोप्रालगायतले पुरस्कार प्रदान गरे।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...