झापा ११ फुटबल क्लब ७ औं बेलबारी आरजु राईस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको सेमिफाइनलमा पुगेको छ।
एलएक्स सिटी फुटबल क्लबले बेलबारी–११ लक्ष्मीमार्गमा आयोजना गरेको प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा झापाले भोजपुर फुटबल सङ्घलाई ३–० को गोल अन्तरले पराजित गर्दै झापा ११ ले अन्तिम चारमा स्थान पक्का गरेको हो।
खेल सुरु भएको दोस्रो मिनेटमा झापाका निरज कार्कीले गोल गर्दै टोलीलाई अग्रता दिलाए। भोजपुरका संजय लिम्बूले राम्रोसँग क्लियर गर्न नसक्दा त्यसको फाइदा उठाउँदै निरजले गोल गरे।
७५ औं मिनेटमा झापाका प्रदीप बुढाथोकीले गोल थप्दै गोल संख्या दोब्बर बनाए। उनले मैदानको मध्य भागबाट प्रहार गरेको बल गोलमा परिणत भयो। अतिरिक्त समयमा पुनः प्रदीपले गोल थप्दै सेमिफाइनल यात्रा पक्का पारे।
खेलको म्यान अफ द म्याच झापाका निरज कार्कीले नगद ५ हजार र ट्रफी प्राप्त गरे। प्रतियोगिताअन्तर्गत सोमबारको खेल काठमाडौंको चित्लाङ फुटबल क्लब र धनकुटाको राजारानी फुटबल क्लबबिच हुनेछ।
प्रतियोगिताका विजेताले ८ लाख नगद र उपविजेताले ५ लाखका साथ ट्रफी जित्ने छन्।