कर्णाली प्रदेशस्तरीय फुटबल प्रतियोगिता जुम्लामा हुने भएको छ। यही फागुन १५ देखि १९ गतेसम्म जुम्लाको निर्माणाधीन फुटबल रंगशालामा प्रतियोगिता हुने भएको हो।
जुम्लाले पहिलो पटक प्रदेशस्तरीय फुटबल प्रतियोगिता गर्ने अवसर प्राप्त गरेको जिल्ला फुटबल संघ जुम्लाका महासचिव दीपेन्द्र हमालले बताए। उनले खेलमैदान नहुँदा सेनाको मैदान मागेर फुटबल प्रतियोगिता गर्न लागिएको सुनाए।
खेलबारे जानकारी दिदैँ उनले भने ‘कर्णाली प्रदेशका दशवटै जिल्लाबाट एक-एक वटा टिम आउनेछन्। एक टिममा दुई जना अफिसियल सहित १५ जना सहभागी हुनेछन्।’
कर्णालीको १० जिल्लाबाट झण्डै एक सय ५० जना फुटबल खेलाडी भेला हुने जिल्ला फुटबल संघले जनाएको छ। पहिलो पटक प्रदेशस्तरीय फुटबल प्रतियोगिता हुने भएपछि जुम्लाका खेलाडीहरु उत्साहित छन्।
पहिले झुम्राको बल बनाएर धान रोप्ने खेतमा फुटबल खेलिरहेका खेलाडीहरु अहिले प्रदेशस्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने भएकोमा खुसी छन्।
महासचिव हमाल भन्छन्, ‘पहिले फुटबल खेल्न बाहिर जिल्ला गइन्थ्यो। अहिले बाहिर जिल्लाहरुबाट खेलाडीहरुलाई जुम्लामा खेल्न निम्तो दिदैछौं। यो भन्दा सुखद पक्ष के हुन सक्ला र ?’
प्रदेशस्तरीय फुटबल प्रतियोगितामा छनौट भएका खेलाडीहरु सिधै राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी हुन पाउनेछन्।
‘पहिलो पटक जुम्लाले राष्ट्रिय स्तरको फुटबल प्रतियोगितामा प्रतिस्पर्धा गर्ने जनशक्ति तयार पार्ने अवसर पाएको छ। यो सुनौलो अवसरको सही रुपमा सदुपयोग गर्नुपर्ने अवस्था छ।’ जिल्ला फुटबल संघ जुम्लाका अध्यक्ष भरत बुढ्थापाले भने।
कर्णाली खेलकुद विकास परिषद्को आर्थिक सहयोग, कर्णाली प्रदेश फुटबल संघ र जिल्ला खेलकुद विकास समितिको समन्वय तथा जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता हुन लागेको हो।