बाग्मती प्रदेशले मैयाँदेवी स्मृति राष्ट्रिय महिला यु–१९ क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
शुक्रबार भएको फाइनल खेलमा गण्डकी प्रदेशलाई ६ विकेटले हराउँदै बाग्मतीले उपाधि जितेको हो। बाग्मतीले एक लाख ७९ हजार सात सय पाँच रूपैयाँ नगदसहित ट्रफी प्राप्त गरेको छ।
भरतपुरको रामपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा गण्डकीले दिएको ८५ रनको लक्ष्य बाग्मतीले १८ ओभरमा ४ विकेट गुमाएर भेट्टायो। बाग्मतीको जितमा कप्तान सोनी पाख्रिनले २० रन बनाइन्। सोनीले २३ बलमा २ चौका प्रहार गरिन्। सेविका यादवले २० तथा एलिसा खड्काले १५ रन जोडे। गण्डकीकी सिमाना केसीले एक विकेट लिइन्।
त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको गण्डकीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ८४ रन जोडेको थियो। गण्डकीकी ज्योत्स्निका मरासिनीले ३७ र सिमाना केसीले २१ रन बनाए। बाग्मतीकी विपिशा शाही र मनीषा उपाध्यायले एक÷एक विकेट लिए। गण्डकीकी अलराउन्डर सिमाना केसी प्लेयर अफ दी टुर्नामेन्ट भइन्।
सुदूरपश्चिमकी सावित्री धामी उत्कृष्ट ब्याटर तथा गण्डकीकी निरु जिटी उत्कृष्ट बलर बने। प्रतियोगितामा दोस्रो भएको गण्डकीले ९५ हजार सात सय पाँच रूपैयाँ प्राप्त गरेको छ। प्रतियोगितामा सात प्रदेशको सहभागिता थियो।