नवयुग श्रेष्ठको ह्याट्रिक मद्दतले आयोजक रेड हर्सले ‘एनआरएनए इलाम गोल्डकप’ मा विजयी सुरुआत गरेको छ। भारत मानेभञ्ज्याङको एमएफसीलाई आयोजकले ४–० गोलान्तरले उद्घाटन खेलबाटै घर फर्काएको हो।
नवयुग र छिरिङ गुरुङसहित सदरमुकामको ठूलो टुँडिखेल उत्रेको आयोजक हाफ टाइमअघि १–० गोलले अघि रह्यो। आयोजकका लागि उत्सव राईले पहिलो गोल गरे। हाफ टाइमपछि रेड हर्सका नवयुगले ह्याट्रिक गर्दै टिमलाई विजयी बनाए।
पाहुना टिम मानेभञ्ज्याङले कुनै गोल फर्काउन सकेन। नवयुगले उद्घाटन खेलको ‘म्यान अफ् दि म्याच’ हुँदै नगद पाँच हजार जिते।
जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राईले प्रतियोगिता उद्घाटन गरेका थिए। त्यस अवसरमा ‘भ्वाइस् अफ् नेपाल सिजन–५’ विजेता इलामे विनोद राई र इलामकै गायक यम बरालसमेतले साङ्गीतिक प्रस्तुति दिए।
दोस्रो दिन (आइतबार) को खेल इटहरीको राष्ट्रिय जागृति र झापाको बिर्तामोड युनाइटेडबीच हुनेछ। ८ गते एनआरटी र सर्लाहीको बागमती युवा क्लब तथा ९ गते बुटवलको लुम्बिनी र पाँचथर युवा क्लबबीच खेल हुने तालिका छ।
प्रतियोगिता विजेताले नगद पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र पाउनेछन्। विधागत उत्कृष्ट खेलाडीको समेत पुरस्कार व्यवस्था गरिएको छ।
प्रतियोगिता सम्पन्न गर्न करिब ६० लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकको छ। प्रतियोगिताको एनआरएनएले मुख्य प्रायोजन गरेको छ। इलाम नगरपालिका, अन्य संघ–संस्था र व्यक्तिले पनि प्रतियोगितालाई सहयोग गरिरहेका छन्।
गेट मनी (दर्शकबाट मैदान गेटमा उठ्ने रकम) बाट सबैभन्दा बढी आम्दानी हुने आशा आयोजकको छ। खेल अवलोकन गर्न अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई निःशुल्क गरिएको छ। फाइनल आउँदो १३ गते हुनेछ।