राष्ट्रपति रनिङ सिल्ड: ग्रामीण क्षेत्रमा बढायो ‘खेलकुद क्रेज’
०३ माघ २०८०
•
४ मिनेट पाठ
राष्ट्रपति रनिङ सिल्ड: ग्रामीण क्षेत्रमा बढायो ‘खेलकुद क्रेज’
जिल्ला सदरमुकाममा हुँदै आएको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता ग्रामीण क्षेत्रमा आयोजना गर्न थालिएपछि गाउँ(गाउँमा खेलकुदको ‘क्रेज’ बढेको छ। सदरमुकामकेन्द्रित हुँदै आएको रनिङ सिल्ड जिल्ला खेलकुद विकास समितिको पहलमा गत वर्षदेखि ग्रामीण क्षेत्रमा आयोजना गर्न थालिएको हो।

यतिबेला पालिकाको विद्यालयस्तरीय राष्ट्रपति रनिङ सिल्डको छनोट चरणका प्रतिस्पर्धा केही पालिकामा सम्पन्न भएको छ भने केहीमा हुने तयारी छ। यहाँको १० पालिकामध्ये माई र देउमाई नगरपालिकासहित रोङ र माईजोगमाई गाउँपालिकामा विद्यालयस्तरीय प्रतियोगिता सम्पन्न भइसकेका छन्। माङसेबुङ गाउँपालिकामा प्रतियोगिता भइरहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र बाँस्तोलाले जानकारी दिए।

सबै पालिकाले खेलकुदमा बजेटको व्यवस्था गरी पालिकास्तरीय प्रतियोगिता आयोजनासँगै विद्यालयस्तरीय राष्ट्रपति रनिङ सिल्डको तयारी थालेका छन्। रनिङ सिल्ड उपाधि चुम्नका लागि वर्षैभरि खेलकुदका विभिन्न प्रतियोगिता पालिकास्तरमा गर्न थालिएको उनले बताए।  उनले १४औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता माङसेबुङमा आगामी फागुनको पहिलो साता आयोजना हुने जानकारी दिए।

ग्रामीण खेलकुदको विकास गर्ने उद्देश्यले गत वर्ष १३औं राष्ट्रपति रनिङ सिल्ड फाकफोकथुम गाउँपालिकामा आयोजना गरिएको थियो। प्रतियोगिता समापनका अवसरमा यस वर्षको रनिङ सिल्ड आयोजना गर्न अग्रसर माङसेबुङलाई झन्डा हस्तान्तरण गरिएको थियो।

यसपटक पनि आगाामी वर्षको रनिङ सिल्ड आफ्नो पालिकामा गराउन माई नगरपालिका, रोङ र चुलाचुली गाउँपालिकाबीच प्रतिस्पर्धा चलिरहेको अध्यक्ष बाँस्तोलाले बताए। ‘उहाँहरू आआफ्नो पालिकामा गर्न उत्साहित हुनुहुन्छ’, उनले भने।

गाम्रीण क्षेत्रमा रनिङ सिल्ड आयोजना गर्दा २० देखि २५ लाख खर्च लाग्ने खेलकुद विकास समितिले जनाएको छ। आयोजक पालिकाले अलि बढी आर्थिक दायित्व लिने गरेको छ भने जिल्लाका अन्य सबै पालिकाले प्रतियोगिता सम्पन्न गर्नका लागि आर्थिक सहयोग गर्ने गरेका छन्। अध्यक्ष बाँस्तोलाले भने, ‘टालटुले रूपमा हुने प्रतियोगितालाई हामीले ग्रामीण क्षेत्रमा लगेपछि ग्रामीण खेल पर्यटनको समेत विकास भएको छ।’

माई नगरपालिकाले चालु आर्थिक वर्षमा २२ लाख रुपियाँ बजेट विनियोजन गरेको छ। पालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता गर्दा नगरपालिकाले प्रत्येक बिद्यालयलाई १० हजार रुपियाँ खर्च र खाजा खर्च उपलब्ध गराएको नगर प्रमुख खम्बा सिं लिम्बुले जानकारी दिए। उनले भने, ‘राष्ट्रपति रनिङ सिल्ड ग्रामीण क्षेत्रमा हुन थालेपछि सबैले अवसर पाएका छन, यो राम्रो हो।’ 

उनले सरकार परिवर्तनसँगै जिल्लाको खेलकुद नेतृत्व परिवर्तन हुने क्रमले खेल क्षेत्र ओझेल परेको समेत गुनासो गर। नगर प्रमुख लिम्बुका अनुसार माई नगरपालिकाले राष्ट्रपति रनिङ सिल्डको छनौट चरणमा ६ लाख रुपैयाँ खर्च गरेको छ भने राष्ट्रपति रनिङ सिल्डको जिल्लास्तरीय खेलमा थप ६ लाख बढी खर्च हुने छ।

जिल्ला खेलकुद विकास समिति इलामका कार्यालय प्रमुख नारायण भट्टराईले राष्ट्रको खेलकुदको भविष्य तथा विद्यालय खेलकुदलाई एउटा औपचारिकतामा मात्र सीमित नगरी उत्सवका रूपमा प्रतियोगिता आयोजना गरी खेलाडी र खेल क्षेत्रकै हौसला बढाउन माई नगरपालिकाले उल्लेखीय भूमिका खेलेको बताए।

माईजोगमाई गाउँपालिकाले खेलकुद विकासका लागि अध्यक्ष कप शीर्षकमा चालु आवमा १५ लाख रुपैयाँ विनियोजन गरेको छ। गाउँपालिका उपाध्यक्ष प्रविना राईले वडाले माग गरेअनुसार थप रकम उपलब्ध गराइने जानकारी दिए।

सूर्योदय नगरपालिकाले चालु आवमा युवा तथा खेलकुद कार्यक्रम शीर्षकमा ८५ लाख विनियोजन गरेको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख योगनिधि भट्टराईले जानकारी दिए। नगरको आन्तरिक उक्त स्रोतबाहेक प्रत्येक वडाले रकम खेलकुद क्षेत्रमा विनियोजन गरेको जानकारी दिए।  

यसपटकको आयोजक माङसेबुङ गाउँपालिकाले चालु आवमा खेलकुदका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। गाउँपालिका अध्यक्ष हेमन्त राईले राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता माङसेबुङले आयोजना गरे पनि सफल पार्ने दायित्व १० वटै पालिकाको भएको बताए। 

‘आर्थिकरूपमा सबै पालिकाले समान लागनी गर्नुपर्छ, अर्को वर्ष फेरि अर्को पालिकालाई हामीले पनि सहयोग गर्ने हो’, अध्यक्ष राईले भने। पालिकास्तरबाहेक वडागत रूपमा पनि खेल क्षेत्रका लागि रकम छुट्याएको छ। पालिकाले प्रतियोगितासँगै खेल मैदान निर्माणको कामसमेत गरिरहेका छन्।  

यसपटकको राष्ट्रपति रनिङ सिल्ड फागुन पहिलो साता हुँदै छ। प्रतियोगितामा छात्र÷छात्रा भलिबल, हाइजम्प, लङजम्प र मार्सल आर्टका सबै विधाका खेल हुनेछन्। पालिकास्तरबाट छनोट भई जिल्लास्तरमा र जिल्लास्तरमा छनोट भएका खेलाडीले प्रदेशस्तरीय खेलमा सहभागिता जनाउनेछन्।

रनिङ सिल्डबाहेक इलामका ग्रामीण क्षेत्रमा विभिन्न प्रतियोगिता आयोजना हुने गरेका छन्। जिल्लामा विगत वर्षमा माइभ्याली गोल्डकप आयोजना हुँदै आएकामा यस वर्ष माइभ्याली गोल्डकप स्थगित गरिएको छ। इलाम गोल्डकप हुने भएपछि ठूलो टुँडिखेलमा यतिबेला बासको प्यारापिट निर्माण भइरहेको छ।

स्थायी प्यारापिट अभावमा बासको प्यारापिट निर्माण गर्दा १२ लाख बढी रकम सकिएको आयोजक रेडहर्स फुटबल क्लबका सचिव प्रकाश घिमिरेले जानकारी दिए। –रासस
अर्को समाचार
इलामको सूर्याेदय आउँदै साठी ओलम्पियन
१२ वैशाख २०८१
•
२ मिनेट पाठ
इलामको सूर्याेदय आउँदै साठी ओलम्पियन
खेल र खेलाडीका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलामको सूर्याेदय नगरपालिकामा ओलम्पियन खेलाडीको भ्रमण आयोजना गरिने भएको छ। यही वैशाख २१–२२ मा देशका ४० र विदेशका १० ओलम्पियन खेलाडी, खेलपदाधिकारी सूर्याेदयका पर्यटकीय स्थल आउने भएका हुन्।

विशेष गरी इलामको अन्तुडाँडामा हुने ‘तेस्रो ओलम्पियन्स पुनर्मिलन तथा स्पोर्टस् सेलिब्रेटी मिट’ मा सन् १९६४ देखि हालसम्मका ओलम्पियन खेलाडी, अन्तर्राष्ट्रिय ओलम्पियन एसोसिएसन अध्यक्ष र सदस्य गरी १० जना, कोसी प्रदेशका सेलिब्रेटी खेलाडी २५ तथा विभिन्न मिडियामा आबद्ध १५ पत्रकार सहभागी हुनेछन्। 

प्रदेश खेलकुद बोर्डको आयोजना, नेपाल ओलम्पियन्स एसोसिएसनको संयोजन, सूर्याेदय नगरपालिकाको स्थानीय व्यवस्थापन तथा जिल्ला खेलकुद विकास समितिको समन्वयमा स्पोर्ट्स मिट आयोजना गर्न लागिएको हो।

सूर्याेदय नगरपालिकाका मेयर रणबहादुर राईले ओलम्पिकका अन्तर्राष्ट्रिय प्रतियोगिताका विजयी खेलाडीबाट स्थानीय खेलाडीलाई हौसला प्रदान गर्न पनि यो अवसर फलदायी हुने आशा गरेको बताए।

‘हाम्रो नगरले आउँदो २०८३ साललाई खेलकुद वर्ष घोषणा गरिसकेको छ, त्यसका लागि पनि यो कार्यक्रम सहयोगी बन्नेछ,’ उनले भने, ‘विशेष गरी यो कार्यक्रमले सूर्याेदय र इलामलाई नै विश्वमा पर्यटकीय गन्तव्यका रूपमा चिनाउन इँटा थप्नेछ।’

विराटनगरबाट वैशाख २१ गते दिउँसो यी खेलाडीको टोली कन्याम आइपुग्ने छ। २२ गते बिहान अन्तुडाँडाबाट दृश्यावलोकन गर्दै परिचयात्मक कार्यक्रम राखिएको छ। त्यसपछि उनीहरूलाई नगरपालिकाले अभिनन्दन गर्ने र सबैले फोटो सेसन गर्ने कार्यक्रम राखिएको नगरले जनाएको छ। 

जिल्ला खेलकुद विकास समिति अध्यक्ष खगेन्द्र बाँस्तोलाले विश्वका चर्चित र नेपालका ओलम्पियन खेलाडीले इलाम भ्रमण गर्नुले खेल क्षेत्रका लागि ऐतिहासिक उपलब्धि हासिल हुने अपेक्षा गरेको बताए।

‘अहिलेसम्म नेपालका ओलम्पिक खेलाडीको यत्रो ठूलो टिम एकैसाथ इलाम ल्याउन सकिएको थिएन,’ उनले भने, ‘यसले इलामको खेल क्षेत्रमा तरंग त ल्याउने नै छ, यहाँको खेल पर्यटनमा पनि उत्तिकै सघाउ पुग्ने छ।’
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस