बंगलादेशले पहिलो पटक एसिसी यु– १९ एसिया कप क्रिकेटको उपाधि उचालेको छ।
संयुक्त अरब इमिरेट्स (युएई) स्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आइतबार सम्पन्न फाइनलमा घरेलु टोलीमाथि १९५ रनको रबाफिलो जितसहित बंगलादेशले यु–१९ एसिया कपको उपाधि उचालेको हो।
असिकर रहमानको शतक प्रेरणामा बंगलादेशले एसोसिएट राष्ट्र युएईसामु दुई सय ८३ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गर्यो। जबाफमा युएई २४.५ ओभरमा ८७ रनमै समेटिन पुग्यो। सिनियर टोली अन्तर्राष्ट्रिय क्रिकेटमा उपाधि विमुख बन्दै आए पनि बंगलादेशका उमेरसमूहको टोलीले भने सफलता दिलाउँदै आएका छन्।
यसअघि सन् २०२० मा दक्षिण अफ्रिकामा सम्पन्न आइसिसी यु–१९ विश्वकपको उपाधि पनि बंगलादेशले जितेको थियो। सोही समयमा टोलीले एसिया कपमा भने उपाधि उचाल्न सकेको थिएन। यस पटक महफुजुर रहमान रब्बी नेतृत्वको यु–१९ टोलीले भने एसिया कपको उपाधि उचालेको छ।
एकतर्फी बनेको फाइनलमा असिकुरले १४९ बलमा १२९ रन जोडे। चौधुरी मोहम्मद रिजवान र अरिफुल इस्लामले अर्धशतक बनाए। रिजवानले ६० रन र अरिफुलले ४० रन जोड्दा कप्तान महफुजुर रहमानले २१ रनको योगदान दिए। असिकुरको यस प्रतियोगितामा यो दोस्रो शतक पनि हो।
फाइनलमा पनि शतक बनाएपछि उनी प्रतियोगिताका सर्वाधिक रनकर्ता पनि बने। असिकुरले पाँच खेलमा तीन सय ७८ रन जोडे। टस जितेर बंगलादेशलाई ब्याटिङ गर्ने निम्तो दिएको युएईले आठ विकेट लियो। यद्यपि, पाहुना टोलीले ५० ओभर नै खेलेपछि युएईका लागि सहज बनेन।
युएईका लागि आयन अहमदले चार विकेट लिँदा ओमिद रहमानले दुई तथा हार्दिक पाई र ध्रुव परासरले एक विकेट निकाले। जबाफी ब्याटिङ गरेको युएई बंगलादेशी बलरसामु लामो समय क्रिजमा टिक्नै सकेन। ध्रुवको २५ रन नै युएईका लागि सर्वाधिक व्यक्तिगत स्कोर रह्यो।
अक्षत राईले ११ रनबाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। यससँगै पहिलो पटक एसिया कपको फाइनलमा पुगेको युएई उपाधि जित्न भने असफल रह्यो। यु– १९ एसिया कपको उपाधि भारतले सर्वाधिक आठ पटक जितेको छ। यस पटक भने बंगलादेशसँग सेमिफाइनलमा पराजित हुँदै भारत बाहिरिन पुग्यो।
युएईले भने सेमिफाइनलमा पाकिस्तानमाथि ११ रनको रोमाञ्चक जित दर्ता गरेको थियो। पाकिस्तान र अफगानिस्तानले पनि समान एक पटक यु–१९ एसिया कपको उपाधि उचालेका छन्। –एजेन्सी