अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले क्रिकेटको तीन वटै फर्म्याट सार्वजनिक गरेको छ।
एकदिवसीय विश्वकप क्रिकेट पुरुषतर्फ सकिएको साता दिनपछि आइसीसीले क्रिकेटको तीन वटै फर्म्याट सार्वजनिक गरेको हो। जसमा भारतको अग्रता कायमै छ। विश्वकप क्रिकेट अघि पनि भारत क्रिकेटको तीनवटै फम्र्याटमा अग्र स्थानमै थियो।
आइसीसीका अनुसार भारत २६५ अङ्कका साथ टी ट्वान्टी र्याङ्किगमा शिर्ष स्थानमा रहेको छ भने इङ्ग्ल्यान्ड २५९ अङ्कका साथ दोस्रो स्थानमा रहेको छ। यस्तै न्यूजिल्यान्ड २५५ अङ्कका साथ तेस्रो स्थानमा रहँदा अस्ट्रेलिया २५२ अङ्कका साथ चौथो र पाकिस्तान २५१ अङ्कका साथ पाँचौ स्थानमा रहेको छ।
यस्तै एकदिवसीय क्रिकेट र्याङ्किगमा भारत १२१ अङ्कका साथ पहिलो, अस्ट्रेलिया ११७ अङ्कका साथ दोस्रो, दक्षिण अफ्रिका ११० अङ्कका साथ तेस्रो, पाकिस्तान १०९ अङ्कका साथ चौथो र न्यूजिल्यान्ड १०२ अङ्कका साथ पाँचौ स्थानमा रहेको छ।
आइसीसीका अनुसार टेस्ट र्याङ्किगमा भारत ११८ अङ्कका साथ शिर्ष स्थानमा रहेको छ। ११८ अङ्क रहेपनि रनरटेको आधारमा अस्ट्रेलिया दोस्रो स्थानमा रहेको छ। यस्तै इङ्ग्ल्यान्ड ११५ अङ्कका साथ तेस्रो स्थानमा रहेको छ भने दक्षिण अफ्रिका १०४ अङ्कका साथ चौथो र न्यूजिल्यान्ड १०० अङ्कका साथ पाँचौ स्थानमा रहेको छ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले जित हात पारेको छ।
मुम्बईको वानखेडे स्टेडियममा गयराति सम्पन्न खेलमा सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजित गर्दै मुम्बईले सानदार जित हात पारेको हो।
टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको हैदरावादले निर्धारित ओभरमा ८ विकेट गुमाएर १७३ रन बनायो। १७४ रनको लक्ष्यसहित मैदान उत्रेको मुम्बईले १७.२ ओभर खेल्दै जम्मा ३ विकेटको क्षतिमा जित हासिल गर्यो।
मुम्बईको जितका लागि स्टार खेलाडी सूर्यकुमार यादवले नट आउट रहँदै सर्वाधिक १०२ रन बनाए भने तिलक वर्माले नट आउट रहँदै ३७ रनको पारी खेले।
सुरुमा कमजोर प्रर्दशन गरेको मुम्बईको पारीलाई सूर्य कुमारले सम्हाल्दै सानदान जित दिलाए।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...