जाजरकोट भूकम्पले कर्णाली प्राविधिक शिक्षालयको छात्रावास भवनमा क्षति पुर्याएको छ।
कर्णाली प्राविधिक शिक्षालयका प्रमुख टेकेन्द्र थापाका अनुसार भूकम्पले ४ कोठे छात्रावास भवन भत्काएको हो। सो भवनमा १६ जना विद्यार्थी बस्ने गरेका थिए।
अहिले दसैंतिहार बिदामा विद्यार्थीहरू घर गएकाले मानवीय क्षति नभएको उनले जनाए। विद्यार्थी फर्किएपछि कसरी र कहाँ राख्ने भन्नेबारे अन्योल भएको उनले गुनासो थियो।
उक्त भवनमा जिल्ला बाहिरका विद्यार्थीहरू बस्ने गरेका थिए। २०३८ सालमा बनेको छात्रावास भवन जेनतेन चलिरहेको थियो।
प्रमुख थापाले तत्काल भवन मर्मतको काम अघि बढाउन आर्थिक अभाव भएको सुनाए।
‘भवन भत्किसक्यो। विद्यार्थीहरू आउने बेला भइसक्यो। आएका विद्यार्थी कसरी राख्ने भन्ने चिन्ताले पिरोल्न थालेको छ।’ उनी भन्छन्।
कर्णाली प्राविधिक शिक्षालयका अधिकांश भवनहरू जीर्ण नै छन्। जाजरकोट भूकम्पले थर्किएका भवनहरू पनि सामान्य कम्पन आउने बित्तिकै ढल्न सक्ने देखिएको शिक्षालयले जनाएको छ।
भवन मर्मत गर्न पहल भइरहेको प्रमुख थापाले बताए। कसैबाट सहयोग नआए ऋण निकालेर भएता पनि भवन बनाउनुपर्ने उनको बताए।