यु १६ विद्यालय स्तरीय फुटबल प्रतियोगिता भैरव मावि धुपिढुस्का र त्रिभुवन मावि झारज्वालाले विजयी हासिल गरेका छन्। शनिबार सम्पन्न प्रतियोगितामा छात्रतर्फ भैरव मावि र छात्रातर्फ त्रिभुवन माविले उपाधि चुमेका हुन्।
नेपाली सेनाको खेल मैदानमा भएको फाइनल खेलमा त्रिभुवन माविले ६-४ गोल अन्तरले चन्दननाथ नमुना माविलाई टाइब्रेकरमा पराजित गरेको थियो। निर्धारित समयमा दुवै टिमले समान १-१ गोल गरेका थिए।
यस्तै छात्रतर्फको फाइनल खेलमा भैरव माविले त्रिभुवन माविलाई २-१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो। प्रतियोगितामा छात्रातर्फ चन्दननाथ मावि खलंगाकी ललिता बुढा उत्कृष्ट खेलाडी घोषित भइन्। र भैरव माविका दिनेश धराला उत्कृष्ट खेलाडी घोषणा भए।
प्रतियोगितामा छात्रातर्फ त्रिभुवन माविकी टिका थापा र छात्रतर्फ भैरव माविका पारस धरालाले ‘वेस्ट डिफेन्डर’ को उपाधि जिते। प्रतियोगिता भर तीन गोल गरेकी त्रिभुवन माविकी अस्मिता भण्डारी र चार गोलसहित जे.आर कर्णाली बोडिङ स्कुलका सुमन जैशी उत्कृष्ट गोलकर्ता घोषित भए।
उत्कृष्ट गोल रक्षकमा छात्रतर्फ त्रिभुवन माविका नवीन रावल र छात्रातर्फ त्रिभुवन माविकी कञ्चन भण्डारी उत्कृष्ट भइन्। प्रतियोगितामा छात्रतर्फ १८ र छात्रातर्फ १२ टिम सहभागी थिए।
जुम्ला जिल्ला फुटबल संघ जुम्लाको आयोजनामा प्रतियोगिता असोज १३ गतेबाट सुरु भएको थियो।