निजामति सेवा दिवसको अवसरमा मंगलवार ताप्लेजुङको फुङलिङमा सम्पन्न मैत्रीपूर्ण फुटबलमा जनप्रतिनिधि टिम बिरुद्ध कर्मचारी टिम हावी भएको छ। महिला र पुरुष दुबै खेलमा जनप्रतिनिधिको टिमलाई स्तब्ध पार्दै कर्मचारीको टिम बिजयी भएको हो। कर्मचारी मिलन केन्द्र ताप्लेजुङका अध्यक्ष टंकबहादुर भट्टराईका अनुसार महिला जनप्रतिनिधि र महिला कर्मचारी टिम बीचको मैत्रीपूर्ण फुटबलमा महिला कर्मचारी टिम ४–० ले बिजयी भयो।
प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङको कप्तानीमा महिला कर्मचारीको टिम र फुङलिङ नगर उपप्रमुख भीमादेवीको कप्तानीमा महिला जनप्रतिनिधिको टिम भिडन्तमा थिए। उता प्रदेशसभाका सदस्य खगेनसिंह हाङगामको कप्तानीको रहेको पुरुष जनप्रतिनिधिको टिम जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख(डिएसपी)राजन लिम्बूको कप्तानीमा रहेको टिमसंग ३–१ ले पराजित भयो। कर्मचारी मिलन केन्द्रका सचिव विज्ञान बञ्जाराले जनप्रतिनिधि र कर्मचारीका बीचमा कायम सद्भाव र भातृत्वलाई निरन्तरता दिन निजामति सेवा दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल खेलाईएको बताए। दुबै टिमका बिजेताले पुरस्कार एक–एक वटा ‘खसी’पाएका छन् । हरेक बर्षको भदौ २२ गते निजामति सेवा दिवस मनाउने गरिन्छ। यो बर्ष कर्मचारी मिलन केन्द्र ताप्लेजुङले मैत्रीपूर्ण फुटबल,स्वास्थ्य सचेतना कार्यक्रम,कवि गोष्ठी र अन्तरकृया सहितका कार्यक्रम राखेको मिलन केन्द्रका अध्यक्ष भट्टराईले बताए।