मोरङ पथरीको पथरी–११ स्पोर्टिङ क्लब ताप्लेजुङमा जारी ताप्लेजुङ गोल्डकपको सेमिफाइनल पुग्ने तेस्रो टिम बनेको छ।
बिजेता पथरी–११ मोरङको टिम। तस्बिर: खगेन्द्र/नागरिक। ईटहरी सुनसरीको जुट विकास फुटबल क्लब र इलामको रेडहर्ष फुटबल क्लब बिहीबार र शुक्रबारका खेल जित्दै यसअघिनै सेमिफाइनल पुगिसकेका छन्।
गोल्डकप अन्तर्गत शनिबार भएको तेस्रो खेलमा पाँचथरको फिदिम स्पोर्टिङ क्लबलाई २–० ले पराजित गर्दै पथरी –११ स्पोर्टिङ क्लबले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।
पथरीका लागि पहिलो हाफमा दीपक राईले गोल गर्दै आफ्नो टिमलाई १–० को अग्रतामा लगे। विपक्षी गोलपोष्टको करिब २० यार्ड टाढाबाट प्रहार गरेका दीपकको प्रहार फिदिमका गोलरक्षक मिराक खजुमले विफल बनाउन असफल रहे र पथरी पहिलो हाफअघि १–० को अग्रतामा रह्यो। राई नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी समेत हुन्। दोस्रो हाफमा पथरीका लागि निरज परियारले गोल गर्दै आफ्नो टिमको अग्रता दोब्बर पारे।
कर्नर अवसरमा पाएको बललाई उत्कृष्ट हेडिङ गर्दै निरजले गोल गर्दा पथरी जीत नजिक पुगेको थियो। विपक्षी पथरी विरुद्ध निकै मेहनत लगाएको फिदिमका केही प्रहार असफल भए। पथरीको दरिलो रक्षापंक्ति फिदिमका लागि गोल चुमाउन बाधक बन्यो।
२–० ले पछि परेको अवस्था उल्टाउन फिदिमले खेलको अन्तिम समय सम्म प्रयास जारी राखे पनि गोल गर्न भने सकेन र खेल पथरीको पक्षमा गयो।
टिमका लागि उत्कृष्ट खेल खेलेका पथरीका निरज परियार शनिबारको खेलमा म्यान अफ दि म्याच घोषित हुँदै नगद ५ हजार सहित सम्मानित भए।
अब पथरीको भेट फाइनल यात्राका लागि भदौ १८ गते जुट विकास फुटबल क्लबसँग हुने छ। जुट विकास पहिलो खेलमा गृह टिम ताप्लेजुङको मानाभरा स्पोर्टिङ क्लबलाई हराउँदै सेमिफाइनल पुगेको हो। शुक्रबारको खेलमा रेडहर्ष फुटबल क्लब इलामले यसअघिको डिफेण्डिङ च्याम्पियन गोर्खा स्पोर्टिङ क्लबलाई हराएर सेमिफाइनलमा स्थान बनाएको हो।
आइतबार भारत दार्जिलिङको खर्साङ फुटबल क्लबसँग स्पर्धा गर्दै तत्कालीन पाथीभरा गोल्डकपको डिफेण्डिङ च्याम्पियन झापा बिर्तामोडको रेडस्टार फुटबल क्लबले क्वाटर फाइनल चरणका खेल समाप्त गर्ने छ।
आउँदो बुधवार सकिने प्रतियोगितामा प्रथम हुनेले नगद ३ लाख ११ हजार १ सय ११ रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ। उपविजेता टिमले नगद १ लाख ५१ हजार १ सय ११ रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ।
कर्णाली। दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लामा अनौपचारिक रूपमा सञ्चालन भएका खेलहरूको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा रहेको छ। सहआयोजक कर्णाली प्रदेश भने अहिलेसम्म पदकविहीन छ।
हालसम्म सम्पन्न विभिन्न खेलका आधारमा बागमतीले १९ स्वर्ण, १२ रजत र १४ कास्य गरी कुल ४५ पदक जितेको छ। प्रतियोगितामा कर्णालीले भने कुनै पनि विधामा पदक जित्न सकेको छैन।
सहआयोजक प्रदेश नै पदकविहीन हुनुपर्ने अवस्थाबारे कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रवीन्द्र चन्दले जनशक्ति अभाव, भौगोलिक विकटता र तयारीले पूर्णता पाउन नसक्दा अपेक्षित नतिजा हासिल हुन नसकेको बताए।
पदक तालिकामा गैरआवासीय नेपाली सङ्घ (एनआरएन) दोस्रो स्थानमा छ। एनआरएनले १२ स्वर्ण, चार रजत र चार कास्य गरी २० पदक जितेको छ। त्यस्तै, त्रिभुवन आर्मी क्लबले ११ स्वर्ण, २० रजत र १९ कास्य गरी ५० पदक प्राप्त गरेको छ भने नेपाल पुलिस क्लबले आठ स्वर्ण, १५ रजत र १८ कास्य गरी ४१ पदक जितेको छ।
यसैगरी, गण्डकीले चार स्वर्ण, एक रजत र चार कास्य गरी नौ, कोशीले चार स्वर्ण, एक रजत र एक कास्य गरी छ, सशस्त्र प्रहरी बल (एपिएफ) ले तीन स्वर्ण, एक रजत र एक कास्य गरी पाँच, लुम्बिनीले दुई स्वर्ण, छ रजत र तीन कास्य गरी ११ तथा सुदूरपश्चिमले दुई स्वर्ण, पाँच रजत र दुई कास्य गरी नौ पदक जितेका छन्। मधेस प्रदेशले भने दुई कास्य पदकमात्र प्राप्त गरेको छ। कर्णालीको पदक सङ्ख्या शून्य छ।
राष्ट्रिय खेलकुद परिषद्का अनुसार दसौँ राष्ट्रिय खेलकुदअन्तर्गत मङ्सिर ८ गतेदेखि पौडी, शारीरिक सुगठन, फुटबल, क्रिकेट, बास्केटबल, टेनिस, फुलकन्ट्याक्ट कराते, बक्सिङ र जिम्न्यास्टिकलगायतका खेल अनौपचारिक रूपमा सञ्चालन भइरहेका छन्। तीमध्ये पौडी र शारीरिक सुगठन प्रतियोगिता सम्पन्न भइसकेका छन्।
नेपाल पुलिस पुरुष फुटबलको सेमिफाइनलमा
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा विभागीय टोली नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।
सुर्खेतस्थित कर्णाली प्रदेश रङ्गशालामा शनिबार भएको दोस्रो खेलमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई १–० गोलले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
नेपाल पुलिसका सुजन बलाम्पाकी मगरले पहिलो हाफको अतिरिक्त समयको ४६औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। खेलमा नेपाल पुलिसका शिशिर चौधरी, सञ्जीव लामा र अभिषेक लामा तथा गण्डकीका सन्दीप पौडेल र बिसन गुरुङले पहेँलो कार्ड पाएका थिए।
नेपाल पुलिस सेमिफाइनलमा प्रवेश गर्दा गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ।
आज मङ्सिर १३ गते दुई खेल हुँदैछन्। पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेश तथा दोस्रो खेलमा बागमती र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। यी खेलका विजेता टोली सेमिफाइनलमा प्रवेश गर्ने म्याच कमिसनर वीरेन्द्र पाण्डेले जानकारी दिए।
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लामा अनौपचारिक रूपमा सञ्चालन भएका खेलहरूको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थ...
निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ...
धान काटेर खाली भएको खेतमा कोही कुन्यूँबाट धान निकालेर चुट्न व्यस्त थिए भने कोही गोरु नारेर दाइँ गरिरहेका थिए। महिलाहरू गुन्द्री बुन्न प्रयोग हुने पराल...