झापाका नवीन सिलवालले प्रथम कोशी प्रदेश ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन्।
शनिबार विराटनगरमा भएको प्रतियोगितामा नवीनले उदयपुरका विनय चौधरीलाई हराउँदै उपाधि जितेका हुन्।
विराटनगर ब्याडमिन्टन क्लबको आयोजना तथा प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको प्रयोजनमा भएको प्रतियोगितामा नवीनले विनयलाई २२–२०, २०–२२ र २१–८ ले पराजित गरे।
प्रतियोगिता अन्तर्गत मेन्स डबल्सतर्फ झापाका प्रकाश राई र नवीन सिलवालको जोडीले उदयपुरका विनय चौधरी र हिमाल श्रेष्ठको जोडीलाई २१–१८, २०–२२ र २१–११ ले पराजित गर्दै उपाधि जितेका छन्।
त्यस्तै, मास्टर डबल्स ४५ वर्षमाथि विराटनगरका जीवन बोगटी र शिखर श्रेष्ठको जोडीले सागर फिड्सका श्याम लामा र राम तामाङको जोडीलाई २१–८, १८–२१ र २१–१८ ले पराजित गर्दै उपाधि जितेका छन्।
मास्टर डबल्स ६० वर्षमाथि विराटनगर ब्याडमिन्टन क्लबका किरणसिंह बस्नेत र मनोज लाखेको जोडीले विराटनगरकै केशव कार्की र श्याम लामाको जोडीलाई २१–१३ र २१–५ ले पराजित गर्दै उपाधि जितेका छन्।
प्रतियोगितामा मेन्स सिंगल र मेन्स डबल्सका प्रथमले २५ हजार, द्वितीयले १५ हजार र तृतीयले १० हजार, मास्टर ४५ र ६० वर्षमाथिका प्रथमले १५ हजार, द्वितीयले १० र तृतीयले ६ हजार रुपैयाँका साथै ट्रफी प्राप्त गरेका छन्।
विजेता तथा उपविजेता खेलाडीहरुलाई प्रदेश खेलकुद बोर्डका सदस्यसचिव हंसराज वाग्ले, नेपाल ब्याडमिन्टन संघका केन्द्रीय सदस्य लवभक्त श्रेष्ठ, विराटनगर ब्याडमिन्टन क्लबका अध्यक्ष किरणसिंह बस्नेतलगायतले पुरस्कार वितरण गरे।