जिल्ला खेलकुद विकास समितिको कार्यालय जुम्लाको मैदानमा बनिरहेको प्याराफिट बजेट अभावका कारण अलपत्र परेको छ।
आर्थिक वर्ष २०७६/०७७ देखि निर्माण सुरु भएको प्याराफिट निर्माणको काम सामान्य पिलर ठड्याउन बाहेक अगाडि बढ्न सकेको छैन। प्याराफिट अलपत्र बन्दा मैदानमा कुनै पनि क्रियाकलाप हुन सकेका छैनन्। प्याराफिटको काम अधुरो बन्दा खेल मैदानमा निर्माण सामग्रीहरु अलपत्र अवस्थामा छन्। खेलाडीहरुले निर्धक्कपूर्वक खेल प्रदर्शन गर्ने वातावरण नै छैन। मैदान साँघुरो भएकोले कुनै पनि खेलकुद प्रतियोगिता आयोजना गर्न सकिएको नसकिएको जिल्ला खेलकुद विकास समिति जुम्लाका सदस्य सचिव संगीता आचार्यले बताइन्।
उनका अनुसार सामान्य खेलकुदका क्रियाकलापहरु गर्नुपर्दा नेपाली सेनाको टुँडिखेल मैदानमा माग्नुपर्ने बाध्यता छ। सदस्य सचिव आचार्यले भनिन्, 'कर्णाली सरकारले कि प्याराफिट निर्माणको काम सम्पन्न गर्न स्टिमेट अनुसारको बजेट पठाइदिनुपर्यो। कि त प्याराफिट भत्काएर खेलमैदान फराकिलो बनाइदिन बजेट हालिदिनु पर्यो। यी दुई विकल्प बाहेक केही उपाय छैन।'
उक्त योजनाका लागि पहिलो वर्ष कर्णाली प्रदेश सरकारले २० लाख रुपैयाँ पठाएको थियो। त्यो रकमले पिलर ठड्याउने काम भयो। दोस्रो वर्ष २५ लाख रुपैयाँ आयो। पर्खाल लगाउनेदेखि सिमेन्ट, बालुवा र गिट्टीको काम भयो। चालु आर्थिक वर्षमा शून्य बजेट भएकोले खेल मैदानको काम नै बन्द भयो।
आचार्यले भनिन्, 'जुम्लाको खेलकुद विकासमा प्रदेश सरकार गैरजिम्मेवार बनेको देखियो। यो समग्र कर्णालीको खेलकुद विकासप्रतिको अपमान सम्झेका छौं। सिंगो कर्णाली चिनाउने खेलाडीहरु जुम्लाले जन्माइरहँदा खेलकुद संरचनामा बजेट पठाउन आनाकानी गरेको छ।'
खेलकुद विकास समितिका अध्यक्ष धनकृष्ण पाण्डे प्रदेश सरकारले छुट्याएको बजेटमा संघीय सरकारले काम गर्न नपाइने भन्दै पन्छिरहेको बताउँछन्। पाण्डेले भने, 'वीरेन्द्रनगरपछिको दोस्रो सहर जुम्ला भनिन्छ तर बजेट नपठाएर संरचना निर्माण अधुरै राख्ने परिपाटी राम्रो देखिएन। १ करोड ९० लाख रुपैयाँको लागतमा बन्न लागेको प्याराफिटको बजेट अभावले निर्माण कार्य रोकिएको छ। १ करोड ४५ लाख रुपैयाँको अभाव अझै छ।'
गत वैशाख ११ गते खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा निर्माणाधीन अवस्थामा रहेको प्याराफिट बनिरहेको स्थानमै पुगेका थिए। त्यसबेला परिषद्का सदस्य सचिव घिसिङलाई प्याराफिट अलपत्र परेकोबारे सुनाइएको थियो। तर उनी प्रदेशले बनाइरहेको संरचनामा केन्द्रले हस्तक्षेप गर्न नमिल्ने प्रतिक्रिया दिएर फर्के।
प्रदेश मुख्यमन्त्रीले भने कुनै प्रतिक्रिया दिएनन्। जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख बरमबहादुर महतले प्रदेश सरकारको हेलचक्र्याइँले खेलमैदान बिग्रिएको बताए।