एक खेल अगावै रूपेश र सुजना च्याम्पियन
१० वैशाख २०८०
•
२ मिनेट पाठ
एक खेल अगावै रूपेश र सुजना च्याम्पियन
फिडेमास्टरद्वय रूपेश जैशवाल र सुजना लोहनी राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा एक खेल अगावै च्याम्पियन भएका छन्।

राष्ट्रिय ‘बी’ च्याम्पियनसिपबाट छानिएका तथा साबिकको विजेता र फिडे रेटिङमा शीर्ष स्थानमा रहेका समेत गरी खुला र महिलामा समान १० खेलाडीबीच प्रतिस्पर्धा भएको थियो। यो प्रतियोगिता अन्तर्राष्ट्रिय सहभागिताका लागि राष्ट्रिय टोलीको छनोटसमेत हो। 

रूपेश र सुजनाले शनिबार सातौं र आठौं चरणमा आफ्नो अनुकुल नतिजा निकालेसँगै च्याम्पियन बन्न नवौं चरणसम्म प्रतीक्षा गर्नु परेन। यी दुईले यसै महिना बंगलादेशमा आयोजना हुने वल्र्ड च्याम्पियन सर्कल एसियन जोनल ३.२, उज्बेकिस्तानमा हुने एसियन च्याम्पियनसिप र सन् २०२४ मा हंगेरीको बुडापेस्टमा हुने ४५औं चेस ओलम्पियाडमा सहभागिता निश्चित गरेका छन्।

सातौं चरणमा रूपेशसँग बराबरी खेलेका क्षितिज आठौं चरणमा साबिकको विजेता पुरुषोत्तम चौलागाईंलाई हराउँदै दोस्रो भए। उनले कुल ६ अंक बटुले। नेपाल पूर्वच्याम्पियन सुरवीर लामा र १४ वर्षे युवा खेलाडी पुरुषोत्तम सिलवाल साढे पाँच अंकसहित संयुक्त रूपमा तेस्रो स्थानमा रहे। महिलातर्पm शनिबार शीर्ष स्थानमा रहेकी सुजनाले एक खेल जितेर अर्को खेलमा बराबरी गरे पनि उपाधि जित्न पर्याप्त भयो। राउन्ड रोबिनको आधारमा नवौं चरणसम्म हुने प्रतियोगितामा एक चरणको खेल बाँकी रहँदा नै सुजना साढे सात अंक जोड्दै च्याम्पियन बनेकी हुन्।

त्यस्तै दिव्यांश मल्टी प्रोडक्सनको मुख्य प्रायोजनमा र रुक्मणी टुर्स एन्ड ट्राभल्सको सहप्रायोजन सम्पन्न प्रतियोतामा सुशीला गुरुङ र शान्ति धिमालले पाँच अंक जोडे। सुशीलाले आठौं चरणमा विनिता कपालीसँग हार बेहोरिन्। शान्तिले भने पुनम प्रसाईंलाई निराश बनाइन्। नेपाल पूर्वच्याम्पियन सिन्दिरा जोशीको साढे चार अंक छ भने विनिता कपालीको तीन अंक बटुलिन्। काठमाडौंको होटल ले हिमालयमा जारी प्रतियोगिताका नवौं तथा फाइनल चरणको खेल भने आइतबार हुनेछन्। आइतबार नै प्रतियोगिताको समापन हुनेछ।
अर्को समाचार
पहिलो मेयर कप : सुवास र निकिता च्याम्पियन
०९ वैशाख २०८१
•
२ मिनेट पाठ
पहिलो मेयर कप : सुवास र निकिता च्याम्पियन
मधेश प्रदेशका सुवाश तामाङ र त्रिभुवन आर्मी क्लबकी निकिता धिमाल शनिबार पहिलो मेयर कप प्रोफेसनल आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगितामा च्याम्पियन भएका छन्।

बागलुङको बुर्तिबाङमा सम्पन्न फाइनलमा जित निकाल्दै सुवाश पुरुषमा र निकिता महिलातर्फ प्रोफेसनल फाइटमा च्याम्पियन भए। यससँगै दुवैले ५० हजार रूपैयाँसहित ट्रफी र पदक हात पारे।

बागलुङ जिल्ला आइटिएफ तेक्वान्दो संघको आयोजनामा भएको दुईदिने प्रतियोगिताको पुरुषतर्फ फाइनलमा सुवाशले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिसका श्रीप्रसाद बुढालाई हराए। श्रीप्रसादले ३० हजार रूपैयाँसहित पदक प्राप्त गरे।

आर्मीका अनिल तामाङ तेस्रो भए। उनले तेस्रो स्थानका लागि भएको खेलमा बागमतीका रिकसान वाइबा तामाङ हराए। तेस्रो स्थानका अनिलले २० हजार रूपैयाँ र पदक पाए। महिलातर्फ फाइनलमा निकिताले कोशी प्रदेशकी सजिना तामाङलाई पराजित गरिन्। सजिनाले नगद ३० हजार रूपैयाँसहित पदक पाइन्।

महिलामा कोशीकी कुसुम राजवंशीले तेस्रो हुँदै नगद २० हजार रूपैयाँ प्राप्त गरिन्। उनले तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा त्रिभुवन आर्मीकी सचिना सुनुवारलाई हराइन्। महिलातर्पm ५०-५७ केजी तौलसमूहमा तीन विभागीयसहित सात प्रदेश र आयोजकका गरी कुल २२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

पुरुषमा भने ५५-६२ केजी तौलसमूहका कुल २२ खेलाडीले चुनौती प्रस्तुत गरेको आयोजक संघका अध्यक्ष प्रतीक घर्तिमगरले जानकारी दिए। प्रतियोगिताको विजेतालाई ढोरपाटन नगरपालिकाका कार्यवहाक नगर प्रमुख कल्याण कायत, नेपाल आइटिएफ तेक्वान्दो महासंघका केन्द्रीय अध्यक्ष प्रवीणकुमार कार्की, महासंघका उपाध्यक्ष राजमन्दिर श्रेष्ठ, महासचिव घमबहादुर थापामगर र आयोजक संघ अध्यक्ष एवम् गण्डकी प्रदेश तेक्वान्दो संघका सचिव प्रतीक घर्तिमगरलगायतले पुरस्कृत गरेका थिए।

प्रोफेसनल फाइटमा प्रत्येक टोलीबाट समान दुई पुरुष र महिलाले प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने प्रावधान थियो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस