विभागीय टोली नेपाल आर्मी क्लब प्रथम ऋचा मेमोरियल टि–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ।
विराटनगरमा बुधबार भएको खेलमा समूह ‘क’ तर्फ ४ अंक बनाउँदै समूह विजेता रहेको आर्मीले फाइनल यात्रा तय गरेको हो। आर्मीले २ खेलमा विजयी हुँदै उपाधि नजिक पुगेको छ। आर्मीले अर्को विभागीय टोली सशस्त्र प्रहरी बलको (एपिएफ) लाई खराब लाइटका कारण खेलको निर्णय डिएलमेथडबाट २३ रनले जित निकाल्यो।
टस हारेर पहिलो ब्याटिङ गरेको एपिएफले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५८ रन बनायो। प्रदीप एरीले ४३, अमरसिंह रौटेलाले ४२, अरुण एरीले २३, पूरुण बिकेले १४ र शरद भेस्वाकरले ११ रन बनाए। आर्मीका सुमित श्रेष्ठले २ र हरि चौहानले १ विकेट लिए।
एपिएफले दिएको १ सय ५९ रनको लक्ष्यमा आर्मीले १७ ओभर खेल्दै ४ विकेटको क्षतिमा १ सय ५१ रन बनाएको थियो। डिएलमेथडको आधारमा २३ रनले आर्मी विजयी भएको हो।
आर्मीका म्यान अफ द म्याच राजेश पुलामीले ४९, रमेश भट्टले ४१, दिनेश भण्डारीले २६ र सन्दीप रिजालीले ११ रन बनाए। एपिएफका तिलोक महराले २, कृष्ण कार्की र अमरसिंह रौटेलाले समान १–१ विकेट लिए।
बिहीबारबाट समूह ‘बि’ बाट पहिलो खेल दिल्ली युनाइटेड र विभागीय टोली नेपाल पुलिस तथा दोस्रो खेल एनबी ग्रुप धनगढी र एनएनबिएससी विराटनगरबीच प्रतिस्पर्धा हुनेछ।