आर्सनलले एन्फिल्डमा दुई गोलको अग्रता जोगाउन नसक्दा आइतबार लिभरपुलसँग अंक बाँडेसँगै म्यानचेस्टर सिटीलाई इङ्लिस प्रिमियर लिगको उपाधि होडमा खुला बनाइदिएको छ।
लिभरपुलको घरेलु मैदान एन्फिल्डमा दुई गोलको अग्रता जोगाउन नसक्दा आर्सनलले २-२ गोलको बराबरीसँगै अंक बाँड्यो। यो बराबरीको बावजुद मिकेल आर्टेटाको टोली आर्सनलको शीर्ष स्थानका लागि ६ अंकको अग्रता छ। आर्सनल बराबरीमा रोकिएपछि पछिल्लो दुई महिना पहिलोपटक सिटीले उपाधि होडमा फर्किएको संकेत पनि गर्यो। जारी लिगमा सिटीले ९ खेल र आर्सनलले आठ खेल खेल्न बाँकी छ। यद्यपि, आगामी अप्रिल २६ मा आफ्नो घरेलु इत्तिहाद मैदानमा सिटीले आर्सनललाई आतिथ्यता गर्दा त्यसको फाइदा पनि लिनेछ।
गत फेब्रुअरी मध्यमा सिटीसँग पराजित आर्सनलमा उपाधि होडको अनुभवमा कमी देखिएको छ। यता, लगातार सात जित निकाल्दै डिफेन्डिङ च्याम्पियन सिटी एक पटक उपाधि रक्षा गर्ने दाउमा छ। यस सिजन निकै खराब लयमा रहेको लिभरपुललाई आर्सनलले दबाबमा राखे पनि त्यसको सदुपयोग गर्न सकेन। आर्सनलका प्रशिक्षक आर्टेटाले लिभरपुलसँगको खेलअगाडि नै एन्फिल्डमा खेल्न सहज नहुने उल्लेख गरेका थिए।
यद्यपि, आर्सनलले सुरुआतमै दुई गोल गर्दै लिगको अंकतालिकामा आठौं स्थानमा रहेको लिभरपुलमाथि दबाब बनायो। खेलको ३५ मिनेटसम्म आर्सनलले किन लिभरपुल आठौं स्थानमा छ भन्ने प्रमाणित गर्यो। यस क्रममा आर्सनलका गाब्रियल मार्टिनेली र गाब्रियल जेसुसले गोल गरे। आर्सनलले गोल संख्या बढाउने अवसर पायो। तर, जेसुसले अर्को अवसर सदुपयोग गर्न सकेनन् भने एलेक्सजान्डर जिनचेन्कोको प्रहार पनि लिभरपुलका लागि गोलकिपर एलिसन बेकरले बचाउ गरे।
‘हामीले आज निकै उत्कृष्ट सुरुआत गर्यौं। एक समयसम्म लगातार दबाब पनि बनायौं। हामीले चाहेक नतिजा पनि पाएका थियौं,’आर्टेटाले भने, ‘सुरुआतमा गोल गर्नु र उद्देश्यअनुरूप प्रदर्शन पनि भइरहेको थियो। दोस्रो गोल पनि गरेपछि खेल हाम्रो पक्षमा गयो। तर, पहिलो हाफ नसकिँदै हामीले लिभरपुललाई खेलमा फर्कने अवसर दियौं।’पहिलो हाफ सकिन लाग्दा मोहम्मद सालाहको गोलबाट लिभरपुल खेलमा फर्कियो। तर, दोस्रो हाफको सुरुआतमै सालाहले पेनाल्टी अवसर खेर फाले पनि आर्सनलले त्यसको सदुपयोग गर्न सकेन। दोस्रो हाफपछि लिभरपुल लयमा फर्कियो।
त्यसको फाइदा खेल सकिन तीन मिनेट बाँकी छँदा रोबर्टो फिर्मिनो गोल गर्दै लिभरपुललाई खेलमा फर्काए। ‘हामीले विपक्षीलाई सहज रूपमा बल खेल्ने अवसर दियौं र उनीहरूले त्यसको फाइदा लिए। विश्वकै उत्कृष्ट टोलीसँग खेल्दा हामीले गल्ती गर्यौं,’आर्टेटाले भने। दोस्रो हाफमा खराब प्रदर्शन गरेको आर्सनलका लागि आगामी खेलमा पनि कठिन बन्न सक्छ। किनकी आर्सनलले निकटम प्रतिद्वन्द्वी सिटीको भ्रमण गरेपछि अंकतालिकाको तेस्रो स्थानमा रहेको न्युक्यासलसँग खेल्नेछ। अबको १७ दिनपछि आर्सनलले इतिहाद स्टेडियममा सिटीलाई रोक्न सके उपाधि जित्ने लक्ष्यनजिक पुग्नेछ। यता, लिभरपुलको भने शीर्ष चारभित्र रहने सम्भावना टाढिएको छ।