ताप्लेजुङमा सञ्चालित दोस्रो ताप्लेजुङ औद्योगिक कृषि तथा पर्यटन मेलाको अन्तिम दिन सम्पन्न डोको क्यारी रन प्रतियोगितामा ताप्लेजुङको फक्तालुङ गाउँपालिका वडा नं ३ का रमेश लिम्बू प्रथम भएका छन्।
निर्धारित १३ किलोमिटर दुरी १ घण्टा ४ मिनेट ३१ सेकेण्डमा पार गर्दै उनी प्रथम भएका हुन्। उनले नगद ३० हजार रुपैयाँका साथ प्रमाणपत्र पाएका छन्। यस्तै सोहि दुरी १ घण्टा ४ मिनेट ४४ सेकेण्डमा पूरा गर्दै मैवाखोला गाउँपालिकाका प्रकाश लिम्बू द्धितीय भए। उनले नगद २० हजार रुपैयाँका साथ प्रमाणपत्र पाएका छन्।
फक्ताङलुङ गाउँपालिकाकाकै चन्द्रबहादुर कार्कीलेनिर्धारित दुरी १ घण्टा ५ मिनेट ३० सेकेण्डमा पूरा गरी तृतीय हुँदै नगद १० हजार रुपैयाँका साथ प्रमाणपत्र पाएका छन्। प्रतियोगितामा १ महिला र ३१ पुरुष गरी ३२ जना सहभागी भएका छन्। प्रतियोगी प्रत्येकले १५ किलोग्राम बालुवा लगाईको डोको बोकेर दौडिएको आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङका अध्यक्ष हर्कराज गुरुङले जानकारी दिए। फुङलिङस्थित महोत्सव स्थलबाट सुरु भएको डोको क्यारी रन सुकेटार सानो पाथीभरा मन्दिर क्षेत्रमा पुगेर पुनःमहोत्सव स्थलमा आइ सकेपछि सकिने गरी दौडको स्थान तय भएको थियो। उत्कृष्ट तीन बाहेक अरु ७ जनालाई सान्त्वना पुरस्कार दिईने नेपाल घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङले जनाएको छ।