ताप्लेजुङमा सञ्चालित दोस्रो ताप्लेजुङ औद्योगिक कृषि तथा पर्यटन मेलाको अन्तिम दिन डोको क्यारी रन प्रतियोगितामा सुरु भएको छ।
फुङलिङस्थित महोत्सव स्थलबाट सुरु भएको डोको क्यारी रन सुकेटार नजिकको सानो पाथीभरा मन्दिर परिक्रमा गरी पुनःमहोत्सव स्थल फर्किने गरी डोको क्यारी रन प्रतियोगिता सुरु भएको हो। प्रतियोगिताको जिल्ला खेलुकद विकास समितिका अध्यक्ष नरेन्द्र (गणेश) मावोले उद्घाटन गरेका छन्। १३ किलोमिटरको दुरीमा हुने प्रतियोगी प्रत्येकले १५ किलोग्राम बालुवा लगाईको डोको बोकेर दौडनुपर्ने आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङका अध्यक्ष हर्कराज गुरुङले जानकारी दिए। प्रतियोगितामा १ महिला र ३१ पुरुष गरी ३२ जना सहभागी भएका छन्। दौडमा प्रथम हुनेले ३० हजार,द्धितीय हुनेले २० हजार र तृतीय हुनेले नगद १० हजार पाउनेछन् भने ७ जनालाई सान्त्वना पुरस्कारको प्रवन्ध गरिएको छ । संखुवासभाका १ ,पाँचथरका २ र ताप्लेजुङका २९ जना सहभागी रहेका आयोजक संस्थाले जानकारी दिएको छ।