गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र नेपाल प्रहरी विजयी भएका छन्।
विराटनगरमा भइरहेको प्रतियोगिताअन्तर्गत शुक्रबारको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले घरेलु टोली कोसी प्रदेशलाई ३–१ गोल अन्तरमा पराजित ग¥यो। सुदूरपश्चिमका महेश नेपाली, सागर बोहरा र अमित ओझाले समान १–१ गोल गरे। कोसीका बिसु घिमिरेले एक गोल फर्काए। म्यान अफ द म्याच सुदूरपश्चिमका महेश नेपाली भए।
त्यस्तै, अर्को खेलमा विभागीय टोली नेपाल पुलिसले कर्णाली प्रदेशलाई ७–० को फराकिलो गोलअन्तरमा पराजित गरेको छ। पुलिसका रोहित लामाले २, सागर आचार्य, श्रवण कुमार, महेश धामी, भरत खत्री र सुनिल रानाले समान १–१ गोल गरे। म्यान अफ द म्याच पुलिसका भरत खत्री भए।
प्रतियोगिता संयोजक रञ्जन थापाका अनुसार नेपालमा पहिलो पटक शुक्रबार बेलुका रात्रीकालीन हक्कीको खेल हुन लागेको छ। लिग चरणको खेलअन्तर्गत समूह ए तर्फ त्रिभुवन आर्मी र गण्डकी प्रदेशबीच रात्रीकालीन खेल हुनेछ।
संयोजक थापाले नेपालमा पहिलो पटक हक्कीलाई पनि फ्लडलाइट्समा खेलाउन लागिएको हो। पहिलो खेल सहज रुपमा हुने अपेक्षा राखेको र सोही खेलका आधारमा आगामी खेल पनि रात्रीकालीन गर्न सकिने छ।
समूह ‘ए’ तर्फ आर्मी र पुलिसको समान ६ अंक, समूह ‘बि’ तर्फ सुदूरपश्चिमको ३ अंक तथा मधेस र कोसीको १–१ अंक रहेको छ।
शनिबार लिग चरणको समिकरण पूरा हुनेछ। पहिलो खेल सुदूरपश्चिम प्रदेश र मधेस प्रदेश, दोस्रो खेल कर्णाली प्रदेश र गण्डकी प्रदेशबीच हुनेछ।