विराटनगरमा जारी दोस्रो मिल्स क्रिकेट टि–२० प्रतियोगितामा भारत विहारको नरपथगञ्ज क्रिकेट क्लब फाइनलमा पुगेको छ।
प्रतियोगिताको उपाधिका लागि नरपथगञ्जले शनिबार हुने फाइनल खेलमा विराटनगरको एनबिएससी क्रिकेट क्लबसँग प्रतिष्पर्धा गर्ने छ। बिहीबारको खेलमा घरेलु टोली मिल्स क्रिकेट क्लबलाई ७५ रनले पराजित गर्दै पाहुना टोली नरपथगञ्ज फाइनलमा पुगेको हो।
एनबिएससीले बोस्टन झापा, मिल्स एकेडेमी र वाइआरसिसी क्रिकेट क्लब विराटनगरलाई हराउँदै फाइनलमा पुगेको हो। नरपथगञ्जले भारतको पूर्णिया, बैशाली र आयोजक विराटनगरको मिल्स क्रिकेटलाई हराउँदै उपाधि नजिक पुगेको छ।
जुट मिलको खेल मैदानमा बिहीबार भएको खेलमा टस हार्दै पहिलो ब्याटिङ थालेको नरपथगञ्जले १९ ओभर २ बलमा १० विकेटको क्षतिमा १ सय ९८ रन बनायो। अभिषेक पाण्डेले ५९ र विजय भारतीले ५५ रन बनाए। विराटनगरका अरुण एरीले ४, भुलावन सनीले ३ र मन्जिल श्रेष्ठले १ विकेट लिए।
घरेलु टोली विराटनगरले पाएको १ सय ९९ रनको विजय लक्ष्य पछ्याउने क्रममा १५ ओभर ५ बलमा १० विकेट गुमाउँदै १ सय २४ रनमा समेटियो। अरुण एरीले २९, अनिल साहले १८ र सुनिल धमालले १७ रन बनाए। नरपथगञ्जका दिव्य सिंहले ३ तथा सक्षमता शर्मा र रवण कुमारले समान २–२ विकेट लिए। म्यान अफ द म्याच नरपथगञ्जका रवण कुमार भए।
प्रतियोगिताको विजेताले १ लाख ११ हजार र उपविजेताले ५१ हजार रुपैयाँ प्राप्त गर्ने छन्।