डिफेन्डिङ च्याम्पियन सिराहा गोलबजारको प्रतिभा फुटबल क्लब तेस्रो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।
प्रतियोगिता अन्तर्गत आइतबार विराटनगरस्थित जुट मिल मैदानमा भएको खेलमा सिराहाले धनकुटाको द सेभेन युथ क्लबलाई २–१ गोल अन्तरमा पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो।
मध्यान्तरअघि सिराहाले धनकुटालाई दबाबमा राख्दै एक गोल गर्न सफल भएको थियो। एक गोलले पछि परेको धनकुटाले मध्यान्तरपछि आफ्नो खेललाई लयमा ल्याउँदै गोल गर्दै खेल बराबरीमा ल्याएको थियो। गोलका केही राम्रो अवसर चुकाउँदा हार व्यहोर्नु पर्यो।
खेलको २७ औं मिनेटमा सिराहाका सिद्धार्थ लामाले गोल गर्दै अग्रता दिलाए। उद्धव घलेले मिलाइ दिएको क्रस पासमा उनले गोल गरे। ४२ औं मिनेटमा धनकुटाका सन्दीप लिम्बूले गोल गर्दै खेल बराबरी पारे।
५८ औं मिनेटमा सिराहाका सिद्धार्थ लामाको प्रहार पोष्ट बारमा लाग्दै बाहिरियो। ६० औं मिनेटमा धनकुटाका विश्वास राईले वान भर्सेस वानमा गोल गर्न चुके। उनले गरेको प्रहार पोष्टमाथिबाट बाहिरियो। खेलको अन्तिम समयमा थप गरिएको अतिरित्त समयको २ मिनेटमा सिराहाका विश्वास राईले गोल गर्दै टोलीलाई विजयी बनाए।
खेलको म्यान अफ द म्याच सिराहाका विश्वास राई भए। मिल्स गोल्डकप ट्रष्टले आयोजना गरेको प्रतियोगिता अन्तर्गत सोमबारको खेल आयोजक साइनो स्पोर्टस क्लब र सिराहाको सहलेस युवा क्लबबीच हुनेछ।