हुण्डी कारोबारमा संलग्न भएको आरोपमा विराटनगरबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
विराटनगर–१५ स्थित सुडीबस्तीका ३१ वर्षीय धर्मानन्द साहलाई हुण्डी कारोबारमा संलग्न भएको आरोपमा पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए। को २९ प ९७३९ नम्बरमा सवार साहको साथबाट नगद र विभिन्न बैंकका चेकबुकसहित विराटनगर–६ बाट बिहीबार पक्राउ परेका हुन्।\
पक्राउ परेका साह हुण्डी कारोबारमा संलग्न रहेको बताउँदै, डिएसपी दाहालले भने, ‘उनी हुण्डी कारोबारमा संलग्न भएको पाइएपछि उनलाई पक्राउ गरिएको हो। पक्राउ गर्दा उनको साथबाट नेपाली रुपैयाँ ४ लाख ७५ पचहत्तर हजार, विभिन्न बैंकको चेक, एटिएम कार्ड, भौचर र १ थान मोबायल बरामद भएको ।’
पक्राउ परेका साहविरुद्ध हुण्डीसम्बन्धी कसुरमा मोरङ जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।